
चितवन, भदौ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) चितवनको जिम्मेवारी बाँडफाँड गरिएको छ । आज (मंगलबार) जिल्ला अध्यक्ष डा.कृष्ण पन्तको अध्यक्षतामा बसेको सचिवालय बैठकले आज १४ जनालाई विभिन्न जिम्मेवारी बाँडफाँड गरेको हो ।
पार्टीको प्रचार विभागमा विष्णुराज महतो लाई चयन गरेको छ । आर्थिक विभागमा अरुणपीडित भण्डारी, संगठन विभाग प्रमुखमा कुलप्रसाद लामिछाने, स्कुल विभागमा जिल्ला अध्यक्ष कृष्ण पन्त, महिला विभागमा शुशिला लामिछाने, शिक्षा विभागमा अविरल भण्डारीलाई प्रमुखको जिम्मेवारी तोकिएको छ ।
क्षेत्रीय इन्चार्जहरुमा क्षेत्र नम्बर १ मा कृष्ण पन्त, २ मा कृष्णराज न्यौपाने लब्लि, ३ मा अरुणपीडित भण्डारीलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरि भरतपुर महानगर ईन्चार्जमा नरेन्द्र कन्दन्वा, माडी नगर कमिटी ईञ्चार्जमा प्रेम तिमिल्सिना, रत्ननगर नगर ईन्चार्जमा दुर्गाप्रसाद घिमिरे, खैरहनी नगर ईन्चार्जमा शम्भु लामिछाने र राप्ती नगर ईन्चार्जमा हेमन्त कंडेल चयन गरेको छ । असोज मसान्तसम्ममा स्थानीय कमिटी समेत गठन गरि सक्ने निर्णय भएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस