
भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध शनिबार राजधानीमा प्रदर्शन गरिएको छ ।
प्रदर्शनकारीहरूले एमसीसी उपाध्यक्ष फतिमा सुमारविरुद्ध नाराबाजी गर्नुका साथै एमसीसी खारेजीको माग गरेका थिए । सो क्रममा प्रहरीले केही प्रदर्शनकारीहरूलाई पक्राउ गरेको थियो ।
एमसीसी प्रतिकार समूहको नाममा माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको हो । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । यस्तै, प्रदर्शनकारीले नयाँबानेश्वरको मूल सडकमा सुतेर राष्ट्रिय गान बजाई विरोध जनाएका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस