• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

विश्वप्रकाश शर्माको महामन्त्री उमेदवारी। देउवा प्यानल कि ! निधि प्यानल ?

September 11, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
विश्वप्रकाश शर्माको महामन्त्री उमेदवारी। देउवा प्यानल कि ! निधि प्यानल ?


हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

भदौ काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उमेदवारी घोषणा गरेको भोलिपल्ट उपसभापति निधिको निवासमा देखिएका छन् । सभापतिमा उमेदवारी घोषणा गरेर छुट्टै सम्पर्क कार्यालयसमेत खोलेर अभियान चलाइरहेका निधि निवासमा गणेशको जन्मदिन अर्थात गणेश चौथीको अवसरमा भएको पूजामा शर्मा देखिए । मिथिला क्षेत्रको लोकप्रिय पर्व चौरचन पूजामा कांग्रेसका अन्य कुनै नेता नहुनु र विश्वप्रकाश शर्मा पुग्नुलाई धार्मिकभन्दा राजनीतिक अर्थमा बुझिएको छ ।

बिमलेन्द्र निधि लामो समयदेखि देउवा टिममा रहेर राजनीति गरेका नेता हुन् । ०५२ सालमा गिरिजाप्रसाद कोइरालाविरुद्ध चिरञ्जीवि वाग्लेलाई सभापति उमेदवार बनाउँदादेखि नै कोइराला प्यानलबाहिर राजनीति गरेका निधि कांग्रेस नेता कृष्णप्रसाद भट्टराई (किशुनजी)को निकटस्थ भएर राजनीति गरेका नेता हुन् । त्यो टिममा शेरबहादुर देउवा भने करिव ८ वर्षपछि मात्र पुगेका हुन् । त्यति लामो समय देउवा टिममा राजनीति गरेका निधि अहिले भने ‘देउवा होइन म हो अवको सभापति’ भन्दै सम्पर्क कार्यालय खोलेर अभियान चलाइरहेका छन् । देउवाले ‘एक पटकका लागि मात्र कांग्रेसको सभापति बन्ने’ ‘जेन्टलमेन एग्रिमेन्ट’ उल्लंघन गरेपछि छुट्टै टिम बनाउनु परेको भन्दै सभापतिमा उमेदवारीको गृहकार्यमा जुटेका निधिसँग विश्वप्रकाशको उपस्थिति आफैंमा अर्थपूर्ण छ ।

त्यसैले उमेदवारी घोषणाको भोलिपल्ट तपाईं निधि निवासमा देखिनुको राजनीतिक अर्थ के हो ? भन्ने बाह्रखरीको प्रश्नमा शर्मा भने त्यसको राजनीतिक अर्थ खोजिनु नै बेठिक भएको बताउँछन् ।

“त्यो राजनीतिक भेटघाट होइन । धर्मिक आध्यात्मिक हो,” शर्माले भने, “पूजाको निम्तो मान्न पनि लुकेर जानु ?” पूजाको निम्तो मान्न लुकेर त जानु परेन तर राजनीतिमा समयको पनि अर्थ त हुन्छ । देउवा प्यानलका दुबै नेताले एक्ला–एक्लै उमेदवारी घोषणा गर्नु अनि एकसाथ देखिनुको अर्थ त हुन्छ नि !

“मेरो उमेदवारी घोषणा र त्यसलगत्तैको उहाँकै निवासमा पुगेको फोटो, त्यसको राजनीतिक अर्थ लाग्छ भन्ने मलाई पनि थाहा थियो,” शर्माले भने, “तर, एउटा नेताले आज मेरो घरमा पूजा छ, तपाईं कता हुनुहुन्छ भने पछि म काठमाडौंमै छु, आइपुग्छु भनेर त्यहाँ पुगेको हुँ । पुग्दा पूजा हुँदैरहेछ, म पनि पूजामा सहभागी भएँ । फोटो खिचियो, विमल दाइ र भाउजुले फोटो सामाजिक संजालमा सेयर गर्दा तपाईंलाई अप्ठेरो त पर्दैन नि भनेपछि मैले पर्दैन भनेको हुँ ।”

Global bank
“भोलि शेखर कोइरालाले मेरो घरमा आज आऊ भन्नुहोला, मैले फोटो नखिच्ने र सार्वजनिक नगर्ने सर्तमा है भन्नु ?,” प्रतिप्रश्न गर्दै शर्माले भने, “म कांग्रेसको महामन्त्रीको उमेदवार हुँ ।”

प्यानल त चाहिन्छ होला नि ? प्रश्नमा शर्माको जवाफ थियो, “महामन्त्रीले प्यानल बनाउने त होइन नि !”

उनले प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै उनले आफूले पवित्र ठाउँमा गएर उमेदवारी घोषणा गरेको बताए ।

“बीपीलाई आठ वर्षसम्म जेल राखिएको, बीपीसँगै गणेशमान, किशुनजी, रामनारायण मिश्रसहित जेल बसेको ठाउँमा, बीपीले रोपेको कपुरमा सिंचन गरेर, त्यहीँ नजिक रुद्राक्षको विरुवा रोपेर उमेदवारी घोषणा गरेको छु,” शर्माले भने, “अब देशभरका साथिहरुसँग आफ्नो उमेदवारी लिएर जाने बाटो बनाएको हुँ ।”@ १२ खरी

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑