चितवन, भदौ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत यही भदौ २७ गतेका लागि हुने भनेर तय गरियको गाउँ/नगर/उपमहानगर/महानगरको अधिवेशन चितवनमा तीन दिन पछाडी धकेकियको छ ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र जिल्लाका सात वटै पालिकाका सभापतिहरुसंगको सयुक्त बैठक पश्चात भदौ २७ गतेका लागि गरियको निर्बाचन निर्वाचन समितिले भदौ ३० गते का लागि गर्ने निर्णय गरेको निर्वाचन अधिकृत कमल मोहन पोखरेलले जानकारी दिनुभयो ।
मतदाताहरुको नामावली तयार गर्न समय लाग्ने भएकाले तीन दिन पछाडी अधिवेशन सारिएको निर्वाचन अधिकृत पोखरेलले बताए । भदौ २१ गते भएको वडा तहको अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचितहरुले गाउँ/नगर/उपमहानगर/महानगरको अधिवेशनमा मतदान गर्न पाउँछन् ।
जिल्लामा एक महानगर, एक गाउँपालिका र ५ नगरपालिका गरी ७ वटा स्थानीय तह रहेको छ । यी सबै स्थानीय तहमा एकैदिन निर्वाचन हुँदैछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस