भदौ, काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने बताएका छन् ।
मंगलबार योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी पास नहुने घोषणा गरेका हुन् ।
कार्यक्रमा प्रचण्डले भने, एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन।
तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन ।’
पाँच दलीय गठबन्धन सरकारको प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउन सक्रिय भइरहेकै बेला गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने एमसीसीबारे फरक धारणा आएको छ ।
एमसिसी उपाध्यक्ष फतिमा सुमार यसबारे सरकारी अधिकारीसँग छलफल गर्न नेपाल आउँदैछन् । उनी नेपाल आउनै लाग्दा प्रचण्डले एमसीसी पारित नहुने अभिव्यक्ति दिएपछि तरंग आएको छ ।
सरकारले विज्ञप्ति जारी गरेर नै एमसिसी र भारतको विरोध नगर्न चेतावनी पनि दिइसकेको छ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी ५० करोड डलरको परियोजना हो । यो सम्झौता भएपनि संसदबाट पारित नभएसम्म कार्यान्वयन हुँदैन । तर, संसदबाट पारित गर्ने सवालमा विवाद जारी छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस