भदौ, चितवन। नेपाली काँग्रेसको १४ औँ वडा अधिवेशन अन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ६ को मतदान केन्द्र भैरव आधारभूत विद्यालय पूर्वारीमा सोमबार तोडफोड गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बेला पार्टी का असन्तुष्ट युवाहरुले मतदान केन्द्रमा तोडफोड गरेका हुन । उनीहरुले मतदान अधिकृत रामनाथ ढकाललाई समेत हातपात गरेको काँग्रेसका नगर सभापति नारायण उप्रतीले जानकारी दिए ।
युवाहरुले कुर्सी तोडफोड तथा हातपात भएपछि सहायक मतदान अधिकृत अनुज पाठकले सुचना निकाल्दै अर्को सुचना जारी नहुन्जेलसम्म अधिवेशन स्थगित गरेको जानकारी गरेका छन्।
असन्तुष्ट युवाहरुले माइनुट,खातापात च्यात्नुका साथै कुर्ची टेलब टोडफोड गरेको नगर सभापति उप्रेतीले जानकारी दिए । मतदान केन्द्रमा तोडफोड भएपछि सो वडाको अधिबेशन स्थगित गरिएको छ ।
राप्तीमा ९ वटा वडामा सर्वसम्मत नेतृत्व छनौट गरिएको छ भने ३ वटा वडामा मतदान भएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस