भदौ, चितवन। चितवनमा ४० वर्ष माथिका उमेर समुहलाई कोरोना विरुद्दको खोप लगाउन पाउने भएको छन् । जिल्ला स्वास्थ्य कार्यालयका चितवनका अनुसार अब भाद्र २१ गते देखि ४० वर्ष वा सो भन्दा माथिका र सो उमेर समुहका यो भन्दा अगाडी छुटेका सबैले कोरोना विरुद्दको पहिलो खोप को मात्रा लगाईने भएको छ ।
भदौं २१ गते ४५ बर्ष देखी ५० बर्ष सम्म र सो भन्दा माथि पहिलो मात्रा खोप लगाउन छुटेका नागरिकहरुलाई खोप लगाइने भएको छ भने भदौ २२ गते ४० बर्ष देखी ४५ बर्ष सम्मको उमेर समुहका नागरिकलाई कोरोना विरुद्दको खोप लगाईने भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
जिल्लाका स्थानीय तहमा रहेका वडा स्तरका खोप केन्द्र मार्फत खोप लगाइने छ । खोप लगाउन जाने व्यक्तिले आफ्नो परिचय र उमेर समूह खुल्ने नागरिकता वा परिचयपत्र अनिवार्य बोक्नु पर्ने छ। कुन खोप लगाइन्छ भन्ने बारेमा भने अहिले एकिन थाहा नभएको स्वास्थ्य कार्यालय चितवनकी सुचना अधिकारी गीतान्जली कोईरालाले जानाकारी दिईन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस