
भदौ चितवन। भरतपुर, नेपाली सेनाको एसएमजी हतियार चोरीको आरोपमा पक्राउ परेका दुई सैनिकले २८ महिनाको जेलजीवन काटेपछि सफाइ पाएका छन् ।
नेपाली सेनाका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई आज शुक्रबार साँझ भरतपुर कारागारले छाडेको हो । गुरुङ र तामाङलाई नेपाली सेनाको चितवनस्थित कालिबहादुर गणमा सेनाहरुले लगेका छन् ।
एसएमजी चोरी घटनामा दोषी नदेखिएपछि उनीहरुलाई सैनिक विशेष अदालतले रिहा गरेको हो । सैनिक विशेष अदालतको आदेशअनुसार रिहा गरिएको चितवन जिल्ला कारागारले जनाएको छ । भरतपुुर कारागारका प्रमुख कमलप्रसाद काफ्लले सैनिक विशेष अदालतको आदेशअनुसार गुरुङ र तामाङलाई सेनाको जिम्मा लगाएर पठाएको जानकारी दिए ।
उनले भने, ‘आदेश आउनसाथ शुक्रबार साँझ ५ बजेतिर दुबै सैनिकलाई रिहा गरिएको हो ।’
सैनिकद्वय तामाङ र गुरुङले चोरी गरेको भनिएको एसएजीको प्रयोग गरी गंगाधर ढकालले आफ्नै साथी सैनिक भरत गुरुङको हत्या गरेपछि उनीहरु निर्दोष भएको दावी गर्दै सैनिक विशेष अदालतको पाटन उच्च अदालतमा बहस चलेको थियो ।
सैनिक गुरुङको हत्या गरेको स्वीकार गरेका ढकाललाई सैनिक समरी जनरल अदालतले जन्मकैदको फैसला सुनाइसकेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस