भदौ, चितवन। चितवन जिल्ला का पूर्व जिल्ला सभापति विकास कोइरालाविरुद्धको कारवाही फुकुवाको माग गर्दै कांग्रेस चितवन पार्टी कार्यालयमा कोइरालाको पक्षमा नेविसंघ र तरुण तलका युवाले प्रदर्शन गरेका छन्।
नेपाल तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकारले कारवाही फुकुवाको माग गर्दै पार्टी जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । अनुशासनको कारवाही भएको ६ वर्षपछि स्वतः खारेज हुने पार्टीको विधानमा भएता पनि हालसम्म कारवाही फुकुवा नभएको ताम्राकारले बताए ।
चितवन कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले ध्यानाकर्षण पत्र बुझ्दै कारवाही फुकुवा नभएकोमा आफु पनि अचम्मित भएको प्रतिक्रिया दिएका छन् । जिल्लाले कारवाही फुकुवा गर्न केन्द्रमा पत्र पठाई सकेको भयता पनि कुनै सुनवाइ नभएको उनले बताए । जिल्ला बैठकमा फेरि कारवाही फुकुवाबारे छलफल गरिने उनको भनाइ छ ।
तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध चितवन क्षेत्र नम्बर ३ मा दोस्रो संविधानसभा चुनावमा विरुद्ध उनले बागी उम्मेदवारी दिएका थिए । केन्द्रीय पार्टी सभापतिविरुद्ध बागी उम्मेदवार बनेपछि २०७० कात्तिक २ गते पार्टीले उनको क्रियाशील सदस्यता समेत खारेज गरेको थियो ।
१२ औं महाधिवेशनबाट उनी जिल्ला सभापतिमा निर्वाचित भएका थिए । २०६७–०६९ सम्म चितवन कांग्रेसको नेतृत्व गरेका थिए । अहिले चितवन मा कांग्रेस को लागि त्यति ठुलो योगदान दियका विकास कोइराला को ८ वर्षसम्म पनि कारवाही फुकुवा नहुनु दुखद भएको चितवनका कांग्रेसका कार्यकर्ताले बताएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस