
भदौ, चितवन। भरतपुर अस्पतालले एक वर्षको अवधिमा पायो सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु)। गत वर्षको भदौदेखि हालसम्म को सख्या हेर्ने हो भने सात जना मेसु फेरिएका छन् । एक वर्षको अवधिमा डा कृष्ण पौडेल दोस्रो पटक निउक्त हुदा सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाएका छन्। यस पटक को उनको कार्य काल कति महिनाको हुनेछ तो भने हेर्न बाकीनै छ।
विसं २०७७ भदौ २८ गते डा. श्रीराम तिवारी सरुवालाई सरुवा गरेर डा.राजन पाण्डेलाई मेसु बनाइएको थियो। पाण्डे दुुई महिनापछि मङ्सिर ८ गते सरुवा भएसँगै डा. जगन्नाथ तिवारी मेसु भएका थिए। त्यसको तीन महिनापछि डा. वासुदेव पाण्डेलाई मेसु बनाइएको थियो। गत वैशाख ४ गते पाण्डे निवृत्त भएपछि पुनः डा जगन्नाथ तिवारीलाई मेसु बनाइएको थियो।
झण्डै दुुई महिनापछि जेठ १३ गते डा. रोशन न्यौपानेलाई मेसु बनाइएकोमा तीन महिनामा उनलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको छ। सरकारले आइतबार डा. कृष्ण पौडेललाई भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेको हो। राजनैतिक कारणले गर्दा र मेसु अस्थिरता ले गर्दा अस्पतालको गुणस्तर र सुविधा खस्किँदै गएको छ।
भरतपुर अस्पतालको निर्देशकमा डा कृष्ण पौडेल पुन नियुक्त
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस