भदौ, चितवन। सरकारले भरतपुर अस्पतालको निर्देशकमा डा कृष्ण पौडेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार डा पौडेललाई निर्देशक नियुक्त गरेको हुन्।
हाडजोर्नी विशेषज्ञ डा पौडेल भरतपुर अस्पतालमा नै कार्यरत छन्। अस्पतालमा डा रोशन न्यौपाने निर्देशक थिए। मन्त्रालयले उनको स्थानमा डा कृष्ण पौडेललाई जिम्मा दिएको हो। डा न्यौपानेलाई रामराज प्रसाद सिंह अस्पतालमा सरुवा गरिएको छ। भरतपुर अस्पतालको निर्देशकमा यो भन्दा पहिला पनि डा. पौडेल ले मेडिकल सुपेरिटेन्डेन्टको जिम्मेवारी पायर पनि राननीतिक कारण ले गर्दा तीन महिना मात्रै समाल्न सफल भयका थिय। भने अब अहिले कति समय समाल्न सफल हुने हुन् तो भने हेर्न बाकी नै छ।
बढी जनघनत्व रहेको चितवनस्थित यो अस्पताललाई सरकारले २०७० सालमै विस्तार गर्ने गुरुयोजना तयार पारेको थियो । बारबार नेतृत्व परिवर्तनले अस्पताल सुधारको गतिलाई रोक्नुका साथै दक्ष चिकित्सकले आफ्नो सोचअनुसार काम गर्न सक्ने वातावरणलाई पनि खुम्च्याउने गरेको छ ।
उपत्यकाबाहिर बढी ओपिडीसेवा प्रवाह हुनेमध्येको सरकारी भरतपुर अस्पताल स्रोत साधनका हिसाबले पनि आकर्षक मानिन्छ । दैनिक १ हजार ३ सयको हाराहारीमा बिरामीले ओपिडीसेवा लिँदै आएको अस्पतालमा दिनहुँ सयको हाराहारीमा प्रसूति मात्र गराइन्छ । ७ सयभन्दा बढी कर्मचारी रहेको अस्पतालमा १ सय १० जना चिकित्सक कार्यरत छन् ।
बढी जनघनत्व रहेको चितवनस्थित यो अस्पताललाई सरकारले २०७० सालमै विस्तार गर्ने गुरुयोजना तयार पारेको थियो । बारबार नेतृत्व परिवर्तनले अस्पताल सुधारको गतिलाई रोक्नुका साथै दक्ष चिकित्सकले आफ्नो सोचअनुसार काम गर्न सक्ने वातावरणलाई पनि खुम्च्याउने गरेको छ ।
पछिल्ला समयमा घरी केन्द्र त घरी प्रदेशअन्तर्गत राख्ने नाममा अस्पताल झन् अस्थिरताको सिकार बनेको छ । प्रदेश सरकारले अध्यक्ष नियुक्त गरेलगत्तै मन्त्रिपरिषद्ले भरतपुर अस्पताललाई केन्द्र सरकारमातहत राख्ने निर्णय गरेको थियो । अहिले अस्पताल केन्द्र सरकारमातहत भए पनि प्रदेश सरकारले नियुक्त गरेका अध्यक्ष नै अस्पतालका नियमित काम र राजनीतिक निर्णयमा सरिक हुँदै आएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस