• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कहिले खुल्ला त अस्ट्रेलियाको ढोका ? भिसा बोकेर बसेका सयौ बिद्यार्थी को एउटै आवाज !

August 29, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कहिले खुल्ला त अस्ट्रेलियाको ढोका ? भिसा बोकेर बसेका सयौ बिद्यार्थी को एउटै आवाज !


हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

भदौ, अस्ट्रेलिया। चितवनका अनिश अधिकारीले अस्ट्रेलियाको विद्यार्थी भिसा लिएर बसेको एक वर्ष भयो । अन्तर्राष्ट्रिय विद्यार्थीका लागि बोर्डर खुल्ने आशामा अनलाइन पढिरहेका उनले अहिलेसम्म यसबारे कुनै निर्णय भएको जानकारी पाएका छैनन् । त्यस्तैगरि चितवनका कयौ बिद्यार्थी उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान पाउने आशामा एक वर्षदेखि कुरेर बसिरहेका छन् ।

उच्च शिक्षाका लागि भिसा लागेका सयौं नेपाली विद्यार्थी कहिले अस्ट्रेलिया आउन पाइन्छ भनेर पर्खिरहेका छन् । धेरैले नेपालमै अनलाइन पढाइलाई समेत निरन्तरता दिइरहेका छन् । लगभग साम्य भइसकेको कोरोना संक्रमण केही महिनादेखि सिड्नी, मेलबर्नलगायत सहरमा पुनः बढेपछि उनीहरूमा अस्ट्रेलिया आउन पाउने वा नपाउने अन्योल झन् बढेको हो ।

विद्यार्थीहरू अस्ट्रेलिया कहिलेदेखि आउन पाउने भन्नेबारे यहाँका सरकारी अधिकारीले समेत खुलस्त पार्न सकिरहेका छैनन् । सरकारद्वारा कोरोना भाइरस नियन्त्रणका लागि चालिएका केही कदमले यसको निर्क्योल गर्ने बताइएको छ । अर्को वर्षको जुलाईदेखि नेपालीसहितका विदेशी विद्यार्थी अस्ट्रेलिया आउन सक्ने सम्भावना रहेको यस क्षेत्रमा काम गरिरहेकाहरूको भनाइ छ ।

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीबाट करिब ४० अर्ब डलरबराबर व्यवसाय गरेको छ । यसबाट अस्ट्रेलियाको कृषि, सरसफाइ, हस्पिटालिटी क्षेत्रको आवश्यक जनशक्तिको समेत परिपूर्ति हुँदै आएको छ । त्यसका साथै यहाँका शैक्षिक संस्थाले समेत सरकारलाई विद्यार्थी भित्र्याउनका लागि दबाब दिँदै आएका छन् । तर, भाइरसको संक्रमण फैलिरहेकाले अस्ट्रेलियाले अर्को वर्षको जुलाईअघि उल्लेख्य मात्रामा विद्यार्थी भित्र्याउने सम्भावना कम छ ।

यस क्षेत्रका जानकार पनि जुलाईदेखि मात्र उल्लेख्य संख्यामा विदेशी विद्यार्थी आउन सक्ने तर्क गर्छन् । उनीहरू अस्ट्रेलियाले न्यूनतम ७० प्रतिशत जनतालाई खोप लगाइसकेपछि र अस्ट्रेलिया आउन चाहने विदेशी विद्यार्थीले यहाँको सरकारले मान्यता दिएको खोप लगाएको खण्डमा प्राथमिकताका आधारमा भित्र्याउन सक्ने बताउँछन् । सिड्नीका वकिल सञ्जीव पाण्डे भन्छन्,‘विदेशी विद्यार्थी नभएका कारण आर्थिक र रोजगार क्षेत्रमा नै असर देखिएकाले सरकारले सकेसम्म छिटो विदेशी विद्यार्थी ल्याउनेछ ।’ उनी सरकारले राखेको लक्ष्य ७० देखि ८० प्रतिशत नागरिकलाई खोप लगाइसकेपछि विदेशी विद्यार्थीलाई क्रमिक रूपमा अर्को वर्षको सुरुवातदेखि ल्याउनेमा आशावादी छन् ।

यद्यपि नेपाली विद्यार्थी त्यसका लागि प्राथमिकतामा पर्ने कुनै ग्यारेन्टी नभएको उनी बताउँछन् । ‘अहिलेको अवस्थामा अस्ट्रेलिया आउने पहिलो सम्भावना भनेको सरकारले मान्यता दिएको खोप लगाइसकेकाहरु नै हुन्,’ उनले भने । अस्ट्रेलियाले अहिलेसम्म अस्ट्राजेनेका, फाइजर र मोडर्ना भ्याक्सिनलाई स्वीकृति दिइसकेको छ । अस्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीले समेत सरकारले निर्णय लिइसकेपछि यी तीन भ्याक्सिन लगाएको प्रमाण प्रस्तुत गर्न सक्नुपर्छ ।

खोपका साथै विदेशबाट आउने विद्यार्थीका लागि क्वारेन्टाइन सुविधाको उपलब्धताअनुसार समेत भित्र्याइने योजना सरकारको छ । यसका जनशक्ति अभाव भएका क्षेत्रमा दक्ष रहेकाहरुले प्राथमिकता पाउने सम्भावना छ । अस्ट्रेलियाली सरकारको आर्थिक सल्लाहकारका रुपमा लामो समय काम गरिसकेका डा. कृष्ण हमालसमेत अर्को वर्षको जुलाईदेखि उल्लेख्य मात्रामा विदेशी विद्यार्थी आउने सम्भावना देख्छन् । ‘हो, अहिले आर्थिक रूपमा सरकारलाई धेरै घाटा भइरहेको छ तर पनि खोपको लक्ष्य पूरा नगरीकन तत्कालै विद्यार्थी भित्र्याउने सम्भावना छैन,’ उनले भने । हमाल अस्ट्रेलियामा विदेशी विद्यार्थी ल्याउने नेपाल तेस्रो ठूलो स्रोत–मुलुक भएकाले प्राथमिकतामा पर्न सक्ने सुनाउँछन् । तर पनि यहाँको सरकारले मान्यता दिएको खोप लगाएका विद्यार्थी नै प्राथमिकतामा पर्ने उनी दाबी गर्छन् ।

विद्यार्थी भित्र्याउन लागि न्यु साउथ वेल्स र भिक्टोरियाले नमुना कार्यक्रम ल्याउने जनाएका थिए तर संक्रमण बढेका कारण न्यु साउथ वेल्सले उक्त कार्यक्रम स्थगित गरेको छ । भिक्टोरियाले सुरक्षित भएपछि विद्यार्थी ल्याउने जनाएको छ । यसका साथै दक्षिण अस्ट्रेलियाले समेत यस्तै नमुना कार्यक्रममार्फत विदेशी विद्यार्थी ल्याउने योजना सार्वजनिक गरेको छ ।

अहिले अस्ट्रेलिया आउन सरकारबाट अनुमति लिनुपर्ने प्रावधान छ । अस्ट्रेलियाले यही वर्षको अन्त्यसम्ममा ७० देखि ८० प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने योजनाका साथ कार्यक्रमलाई तीव्रता दिइरहेको छ । अस्ट्रेलियास्थित स्वास्थ्य विभागका अनुसार अहिलेसम्म १६ वर्षमाथिका ५७ प्रतिशत अस्ट्रेलियाली नागरिकले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेका छन् भने ३३ दशमलव ७ प्रतिशतले दुवै खोप लगाइसकेका छन् ।@कान्तिपुर

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑