• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कहिले खुल्ला त अस्ट्रेलियाको ढोका ? भिसा बोकेर बसेका सयौ बिद्यार्थी को एउटै आवाज !

२०७८ भाद्र १३, आईतबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कहिले खुल्ला त अस्ट्रेलियाको ढोका ? भिसा बोकेर बसेका सयौ बिद्यार्थी को एउटै आवाज !

हेल्लो चितवन अन्लाईन्
(२ साल अघि)

भदौ, अस्ट्रेलिया। चितवनका अनिश अधिकारीले अस्ट्रेलियाको विद्यार्थी भिसा लिएर बसेको एक वर्ष भयो । अन्तर्राष्ट्रिय विद्यार्थीका लागि बोर्डर खुल्ने आशामा अनलाइन पढिरहेका उनले अहिलेसम्म यसबारे कुनै निर्णय भएको जानकारी पाएका छैनन् । त्यस्तैगरि चितवनका कयौ बिद्यार्थी उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान पाउने आशामा एक वर्षदेखि कुरेर बसिरहेका छन् ।

उच्च शिक्षाका लागि भिसा लागेका सयौं नेपाली विद्यार्थी कहिले अस्ट्रेलिया आउन पाइन्छ भनेर पर्खिरहेका छन् । धेरैले नेपालमै अनलाइन पढाइलाई समेत निरन्तरता दिइरहेका छन् । लगभग साम्य भइसकेको कोरोना संक्रमण केही महिनादेखि सिड्नी, मेलबर्नलगायत सहरमा पुनः बढेपछि उनीहरूमा अस्ट्रेलिया आउन पाउने वा नपाउने अन्योल झन् बढेको हो ।

विद्यार्थीहरू अस्ट्रेलिया कहिलेदेखि आउन पाउने भन्नेबारे यहाँका सरकारी अधिकारीले समेत खुलस्त पार्न सकिरहेका छैनन् । सरकारद्वारा कोरोना भाइरस नियन्त्रणका लागि चालिएका केही कदमले यसको निर्क्योल गर्ने बताइएको छ । अर्को वर्षको जुलाईदेखि नेपालीसहितका विदेशी विद्यार्थी अस्ट्रेलिया आउन सक्ने सम्भावना रहेको यस क्षेत्रमा काम गरिरहेकाहरूको भनाइ छ ।

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीबाट करिब ४० अर्ब डलरबराबर व्यवसाय गरेको छ । यसबाट अस्ट्रेलियाको कृषि, सरसफाइ, हस्पिटालिटी क्षेत्रको आवश्यक जनशक्तिको समेत परिपूर्ति हुँदै आएको छ । त्यसका साथै यहाँका शैक्षिक संस्थाले समेत सरकारलाई विद्यार्थी भित्र्याउनका लागि दबाब दिँदै आएका छन् । तर, भाइरसको संक्रमण फैलिरहेकाले अस्ट्रेलियाले अर्को वर्षको जुलाईअघि उल्लेख्य मात्रामा विद्यार्थी भित्र्याउने सम्भावना कम छ ।

यस क्षेत्रका जानकार पनि जुलाईदेखि मात्र उल्लेख्य संख्यामा विदेशी विद्यार्थी आउन सक्ने तर्क गर्छन् । उनीहरू अस्ट्रेलियाले न्यूनतम ७० प्रतिशत जनतालाई खोप लगाइसकेपछि र अस्ट्रेलिया आउन चाहने विदेशी विद्यार्थीले यहाँको सरकारले मान्यता दिएको खोप लगाएको खण्डमा प्राथमिकताका आधारमा भित्र्याउन सक्ने बताउँछन् । सिड्नीका वकिल सञ्जीव पाण्डे भन्छन्,‘विदेशी विद्यार्थी नभएका कारण आर्थिक र रोजगार क्षेत्रमा नै असर देखिएकाले सरकारले सकेसम्म छिटो विदेशी विद्यार्थी ल्याउनेछ ।’ उनी सरकारले राखेको लक्ष्य ७० देखि ८० प्रतिशत नागरिकलाई खोप लगाइसकेपछि विदेशी विद्यार्थीलाई क्रमिक रूपमा अर्को वर्षको सुरुवातदेखि ल्याउनेमा आशावादी छन् ।

यद्यपि नेपाली विद्यार्थी त्यसका लागि प्राथमिकतामा पर्ने कुनै ग्यारेन्टी नभएको उनी बताउँछन् । ‘अहिलेको अवस्थामा अस्ट्रेलिया आउने पहिलो सम्भावना भनेको सरकारले मान्यता दिएको खोप लगाइसकेकाहरु नै हुन्,’ उनले भने । अस्ट्रेलियाले अहिलेसम्म अस्ट्राजेनेका, फाइजर र मोडर्ना भ्याक्सिनलाई स्वीकृति दिइसकेको छ । अस्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीले समेत सरकारले निर्णय लिइसकेपछि यी तीन भ्याक्सिन लगाएको प्रमाण प्रस्तुत गर्न सक्नुपर्छ ।

खोपका साथै विदेशबाट आउने विद्यार्थीका लागि क्वारेन्टाइन सुविधाको उपलब्धताअनुसार समेत भित्र्याइने योजना सरकारको छ । यसका जनशक्ति अभाव भएका क्षेत्रमा दक्ष रहेकाहरुले प्राथमिकता पाउने सम्भावना छ । अस्ट्रेलियाली सरकारको आर्थिक सल्लाहकारका रुपमा लामो समय काम गरिसकेका डा. कृष्ण हमालसमेत अर्को वर्षको जुलाईदेखि उल्लेख्य मात्रामा विदेशी विद्यार्थी आउने सम्भावना देख्छन् । ‘हो, अहिले आर्थिक रूपमा सरकारलाई धेरै घाटा भइरहेको छ तर पनि खोपको लक्ष्य पूरा नगरीकन तत्कालै विद्यार्थी भित्र्याउने सम्भावना छैन,’ उनले भने । हमाल अस्ट्रेलियामा विदेशी विद्यार्थी ल्याउने नेपाल तेस्रो ठूलो स्रोत–मुलुक भएकाले प्राथमिकतामा पर्न सक्ने सुनाउँछन् । तर पनि यहाँको सरकारले मान्यता दिएको खोप लगाएका विद्यार्थी नै प्राथमिकतामा पर्ने उनी दाबी गर्छन् ।

विद्यार्थी भित्र्याउन लागि न्यु साउथ वेल्स र भिक्टोरियाले नमुना कार्यक्रम ल्याउने जनाएका थिए तर संक्रमण बढेका कारण न्यु साउथ वेल्सले उक्त कार्यक्रम स्थगित गरेको छ । भिक्टोरियाले सुरक्षित भएपछि विद्यार्थी ल्याउने जनाएको छ । यसका साथै दक्षिण अस्ट्रेलियाले समेत यस्तै नमुना कार्यक्रममार्फत विदेशी विद्यार्थी ल्याउने योजना सार्वजनिक गरेको छ ।

अहिले अस्ट्रेलिया आउन सरकारबाट अनुमति लिनुपर्ने प्रावधान छ । अस्ट्रेलियाले यही वर्षको अन्त्यसम्ममा ७० देखि ८० प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने योजनाका साथ कार्यक्रमलाई तीव्रता दिइरहेको छ । अस्ट्रेलियास्थित स्वास्थ्य विभागका अनुसार अहिलेसम्म १६ वर्षमाथिका ५७ प्रतिशत अस्ट्रेलियाली नागरिकले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेका छन् भने ३३ दशमलव ७ प्रतिशतले दुवै खोप लगाइसकेका छन् ।@कान्तिपुर

बाट थप

  • आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवादआर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद
  • घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?
  • अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारीअक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी
  • महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोगमहिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    हेलो सरकारमा रिचार्ज कसरी गर्नेदेखि, राहदानी फाराम भर्ने, बत्ती धेरै जाने भन्नेसम्मका जिज्ञासा र गुनासा

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    शैक्षिक परामर्शलाई धरौटी यथावत

    शैक्षिक परामर्शलाई धरौटी यथावत

    समाचार
    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑