भदौ, नवलपुर। गैंडाकोट पूर्व पश्चिम राजमार्गस्थित गैंडाकोट नगरपालिका को वडा नं. ४ आसपासका १०० घर बढी डुबानमा परेका छन् । दुई देखिको लगातार वर्षाका कारण उक्त वडाका १०० बढी घरहरु डुबानमा परेको गैंडाकोट नगरपालिका वडा नं. ४ मा पानी निकास हुने ढल नभएका कारण सो समस्या आएको एक स्थानीयले बताए । घर डुबानमा परेपछि आक्रोशित स्थानीयहरुले गैंडाकोट नगरपालिकामा तालाबन्दी समेत गरी दिएका थिय। गैंडाकोट नगरपालिकाले समयमा ध्यान नदिदा घरमा पानी पसेपछि स्थानीयहरुले सास्ती खेप्नु परेको हो ।
गैंडाकोट नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष कृष्ण न्यौपानेका अनुसार जनक माध्यमिक विद्यालयको जंगल साइड तर्फका घरहरु बढी डुबानमा परेको हो । बाढीको पानीलाई निकास दिन लागि हाल चार वटा जेसिभीले काम भइरहेको उनले जानकारी दिए । पानी निकास हुन समय लाग्ने भएकाले धैर्य गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।
अहिले जेसिभी लगाइ पानीलाई निकास दिने कार्य भएपछि स्थानीयले गैंडाकोट नगरपालिकाको ताला खोलिदिएको गैंडाकोट नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष कृष्ण न्यौपानेले भने ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस