भदौ,काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभामा निर्णायक शक्ति भएका छन् । अब उनी सत्ता गठबन्धन या एमाले जता हुन्छन् उसैको बहुमत हुनेछ ।
राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ५९ सांसद छन्। नेकपा एमालेको बहुमत रहेकोमा फुटेपछि त्यो रहेन ।
अहिले एमालेका २९, नेकपा माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका ७, नेकपा एसका ७, स्वतन्त्र १ र मनोनित १ सांसद छन् । स्वतन्त्र खिमलाल देवकोटा माधवकुमार नेपालनिकट हुन् । मनोनित बामदेव गौतम हुन् । गठबन्धन र एमाले दुवैका बराबर २९ सांसद पुगेका छन् । बामदेव गौतमले एमाले छाडेर माधव नेपाललाई साथ दिने बताएपनि टुंगो लगाइसकेका छैनन् । त्यसैले उनी निर्णायक शक्ति भएका छन् ।
बामदेव जता जान्छन् उसैको बहुमत पुग्ने देखिन्छ। बामदेवको कित्ताकाटले राष्ट्रिय सभाको अंकगणितमा ठूलो फरक पार्नेछ । यसकारण उनी शक्तिशाली बनेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस