भदौ,चितवन। यतिबेला कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै चितवन प्रशासनले कडाई गरेको छ । बिभिन्न मापदण्डनै बनाएर जारी गरेको चितवन प्रशासनको आदेश बिपरीत सयौ जनाको संख्यामा स्वास्थ्य राज्यमन्त्री उमेष श्रेष्ठ नारायणगढको कांग्रेस पार्टी कार्यालयमा सहभागी हुनुभएको थियो । उहाँलाई स्वागत तथा बधाई दिने भन्दै आयोजना गरेको कार्यक्रममा भिडभाड थियो ।
त्यही कार्यक्रममा मन्त्री श्रेष्ठले कोारोना संक्रमण बढेको बताउदै सजग र संयम हुन आग्रह गर्नुभएको थियो । जिल्ला प्रशासन कार्यलय चितवनले भने अन्य सबै गतिबिधी रोक्न सफल भएको बताउदै राजनितिक कार्यक्रम तथा नारा जुलुस जस्ता कार्यक्रम नियन्त्रण गर्न नसकेको जनाएको छ ।
२५ जना भन्दा धेरै जम्मा भएर गर्ने कुनैपनि गतिबिधी नगर्न चितवन प्रशासनले आग्रह गरेको थियो । सोही आग्रहको बेवास्ता गर्दै कार्यक्रम भएको थियो । नेपाली कांग्रेस चितवनले भने आबश्यक स्वास्थ मापदण्ड अपनाउदै कार्यक्रम गरेको जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस