भदौं, चितवन। चितवनका अस्पतालमा विहीवार १९७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार अस्पतालमा उपचाररत संक्रमितमध्ये २१ जना भेन्टिलेटर सहित ७१ जना आइसियू,३८ जना एचडियूमा उपचाररत छन् भने ८८ जना जनरल वार्डमा उपचाररत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिमा ८५ जना, खैरहनी नगरपालिकामा ४ जना, माडी नगरपालिकामा १६ जना, रत्ननगर नगरपालिमा २७, राप्ती नगरपालिकामा ४ जना र इच्छाकामना गाउँपालिकामा ३ जनामा कोरोना थप संक्रमित भएका छन् ।
आज विहीवार सम्म चितवनमा संक्रिय संक्रमितको संख्या २ हजार ३४९ पुगेको छ । सोही अबधिमा ४४ जना संक्रमणबाट मुक्त भएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस