भदौ, काठमाडौँ। कोभिड -१९ को कारण सिओइ आयर पनि जापान जान नपाएकाहरुलाई जापान पढ्न पठाउने शैक्षिक परामर्शदाताहरुको संस्था जापानिज भाषा स्कुल संघ नेपाल (जालसान) ले जापान सरकारको सम्बन्धित निकायबाट सीओई प्राप्त गरेका विद्यार्थीलाई जापान जाने व्यवस्था मिलाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार आग्रह गरेको छ ।
जालसानले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरेको छ । भेटमा जालसानले कोरोना भाइरसको कारण शैक्षिक क्षेत्रमा पारेको प्रभावका बारेमा पनि जानकारी गराएको थियो ।
साथै यस व्यावसायलाई कोरोनाले पारेको असर र जापान अध्ययनका गर्न जाने नेपाली विधार्थीहरु, जापान सरकारको सम्बन्धित निकायबाट COE प्राप्त गरेकालाई नेपाल सरकारले प्रदान गरेको खोप प्रक्रिया पूरा गरी अध्ययन गर्न जाने वातावरण मिलाई सहजीकरण गरिदिनु हुन र जापान सरकार द्रारा जारी गरिएको Vaccine Passport मा नेपाललाई पनि सहभागि गराउन कुटनितिक पहलको लागी अनुरोध गरियो। प्रधानमन्त्रीज्यू सकारात्मक हुनु भएको छ ।
जालसानले व्यवसायलाई सहज वातावरण बनाइदिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेको छ। प्रधानमन्त्रीले व्यवसायीलाई पनि कोरोनाको संक्रमणमा जिम्मेवार भएर व्यवसाय गर्न अनुरोध गरेका थियो।
आफूहरुले राखेका कुरालाई प्रधानमन्त्रीले चासो दिएर सुनेको पनि जालसानले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस