भदौ चितवन। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रोपटक नियुक्त भएसगै इन्टरनेट तथा केबुल कम्पनीविरूद्ध विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र आक्रामक बन्दै गयको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र ले विद्युत् को पोल प्रयोग गरेबापतको राजस्व नतिर्ने कम्पनीको तार काट्नेदेखि तार विस्तारमा रोक लगाउदै आयको छ ।
इन्टरनेट तथा केबुल कम्पनीले ग्राहकहरु लाई बिना शुल्क एक बढी दिनपनि इन्टरनेट सुबिधा नदिने तर, विद्युत् को पोल प्रयोग गरेबापतको २०७३ सालदेखि पोल भाडा भने तिरेका छैनन् ।
‘उपभोक्तासँग महँगो शुल्क असुल्ने तर राज्यलाई तिर्नुपर्ने राजस्व नबुझाउने केबुल तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई नियमको परिधिभित्र ल्याउन कार्यक्रम सुरू गरिएको हो’, उनले भने, ‘सोमबार भरतपुर–७, प्रेमबस्तीमा क्लासिक टेक र डिसहोमको तार काटियो । अब पहिलो चरणमा उनीहरुको तार विस्तारलाई पूर्णरुपमा रोक लगाइनेछ ।’
विद्युत्को पोल प्रयोग गरेबापत भाडा नतिर्नेमा वल्र्ड लिङ्क, क्लासिक टेक, भायनेट, चित्रवन युनिक केबुललगायत करिब १२ वटा इन्टरनेट तथा केबुल कम्पनी रहेका छन् । उनीहरुबाट करोडौँ रूपैयाँ राजस्व असुल गर्न बाँकी छ ।
इन्टरनेट तथा केबुल कम्पनीको अव्यवस्थित तारका कारण बजार क्षेत्रसमेत कुरुप देखिएका छन् । ‘अव्यवस्थित तारले बजारको सौन्दर्यता हराएर कुरुप देखिएको छ । दुर्घटनासमेत हुने गरेका छन्, यसलाई रोक्न जरूरी छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस