चितवन,साउन। चितवनको राप्ती नगरपालिकामा भएको सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ ।
जिल्ला अदालत चितवनले आरोपीलाई ५० हजार धरौटी माग गरेकोमा धरौटी बुझाउन नसक्दा अभियुक्त सुकदेव भण्डारी आज जेल चलान भएका हुन् ।
अदालतका श्रेस्तेदार इश्वर आचार्यका अनुसार जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले थुनछेक बहसपछि निजलाई ५० हजार धरौटी माग गरेको थियो ।
मृतक सुजिताको ठूलो बुबाका छोरा सुकदेव विरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दायर भएको थियो । आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिएकी थिइन् । त्यसको भोलिपल्ट नै प्रहरीले सुकदेवलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।
यस घटनाबारे चितवन प्रहरीले गरेको पत्रकार सम्मेलनमा हाडनाता सम्बन्धभित्र सुजिता प्रेम सम्बन्धमा परेपछि आत्महत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस