साउन, काठमाडौं। अफगानिस्तानमा राष्ट्रपति असरफ घानी देश छोडेर भागेका छन् । तालिवानले सत्ता कब्जा गरेको छ ।
आफगानिस्तानमा राष्ट्र प्रमुख विदेशीको शरणमा पुगेका बेला नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहको चर्चा भइरहेको छ । खासगरी हिन्दुवादी, राजावादी, राप्रपा लगायत पुराना स्वतन्त्र व्यक्तिहरुले पूर्वराजा शाहको भूमिकाको प्रशंसा गरिरहेका छन् ।
यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्रप्रति सम्मान बढेको बताएका छन् ।
राप्रपा अध्यक्ष थापाले तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोडेर भागेको प्रसंगलाई जोड्दै पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान बढेको बताएका हुन् ।
उनले सोमबार ट्विट गर्दै लेखेका छन्, ‘तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ । २०६३ पछि देशभित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ ।
राजा र राष्ट्रपति बिचको फरक पनि यहीँ हो ।’ विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले पनि राजा ज्ञानेन्द्रको त्यागका लागि प्रशंसा गरेकी छन् ।
‘तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको समाचार सुनेर हाम्रो देशमा भएको राजनीतिक परिवर्तन र राजा ज्ञानेन्द्रको भूमिकाको चित्रण अनुभूत गरेँ ।
राजा ज्ञानेन्द्रले देशबासीको नाममा सम्वोधन गर्दै आफू साधारण नागरिक सरह आफ्नै देशमा बस्ने घोषणा गरि गद्दी त्याग गर्नुभयो । विश्वको ईतिहासमा राजाले शान्तिपूर्ण रुपमा गद्दी त्याग गरेको सायद नै यो अविस्मरणीय घटना हो ।
गद्दी त्याग गर्दै गर्दा उहाँले भन्नु भएको थियो – “मैले देश छाडेर जाने सोच बनाएको छैन । मातृभूमि नेपालमै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्यादउन चाहान्छु ।”
जनताको चाहाना र ईच्छालाई नै सर्वोपरि मान्ने हाम्रो देशको राजपरम्परा र दूरदर्शी राजा ज्ञानेन्द्रबाट सिक्नु पर्छ हाम्रा देशका नेताहरुले ।
अफगानिस्तानको घटनालाई उदाहरणका रुपमा लिएर सम्वाद र सहकार्य अगाडि बढाउनु पर्छ राजासँग राजनीतिक दलहरुले ।
बुझ्नुपर्छ, राष्ट्रपति देश छोडेर भाग्न सक्छन् तर , राजा आफ्ना जनताको दुःख- सुखमा सारथि हुनसक्छन् भनेर ।’@nepalpna
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस