चितवनका विभिन्न अस्पतालमा २३२ उपचाररत, भेन्टिलेटर जडित ३० सहित ९२ जना आइसियूमा, ४८ जना एचडियूमा र ९२ जना साधारण आइसोलेसन बेडमा
चितवन, साउन। चितवनमा पछिल्लो २४ घण्टामा १६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार ९३४ जनाको कोरोना परीक्षण गर्दा १६५ जनामा संक्रमण भेटिएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने सय जना संक्रमित संक्रमणमुक्त भएका छन् । शनिबार जिल्लामा सक्रिय संक्रमितको संख्या २५ सय ३१ पुगेको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् ।
चितवनका विभिन्न अस्पतालमा गरी शनिबार २३२ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भेन्टिलेटर जडित ३० सहित ९२ जना आइसियूमा, ४८ जना एचडियूमा र ९२ जना साधारण आइसोलेसन बेडमा छन् ।
पछिल्लो २४ घण्टामा अस्पतालहरुबाट ४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै संक्रमित चितवनका हुन् ।
उपचाररत मध्ये भरतपुर अस्पतालमा ८८, चितवन मेडिकल कलेजमा ६९, पुरानो मेडिकल कलेजमा २३ र क्यान्सर अस्पतालमा १२ जना संक्रमित रहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस