साउन, काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल एमसिसि सरकारका न्युनतम कार्यक्रममा राख्न नमानेको बताएका छन् ।
नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । ‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा केही समेटिएन किन ?’ भन्ने विमलेन्द्रको नीधिको प्रश्नको जवाफ दिदैँ देउवाले भने, ‘राख्न खोजेको हो । तर प्रचण्डले मानेनन् ।’
प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आएका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि प्रचण्ड एमसीसी संशोधन विना अनुमोदन गर्ने पक्षमा थिएनन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस