• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

अहिलेसम्म केन्द्रीय सदस्य पोल्टामा पार्न नसकेको चितवन कांग्रेसको गुनासो, न रुखमा भोट हाल्न पाइयो, न पार्टीमा अवसर पायो।

August 11, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
अहिलेसम्म केन्द्रीय सदस्य पोल्टामा पार्न नसकेको चितवन कांग्रेसको गुनासो, न रुखमा भोट हाल्न पाइयो, न पार्टीमा अवसर पायो।

केन्द्रको मनमा बसेन, नेता मिलेनन् चितवनबाट ११ औं मा ८ जना, १२ औं मा १९ जना र १३ औंमा ११ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए तर, कसैले तीन अकंको माथिको मत ल्याउन सकेनन् के चितवन नेतृत्वको नजरमा नै परेन।


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

साउन, चितवन। हरेक राजनीतिक आन्दोलनमा चितवन जिल्लाले ठूलो योगदान दिएको छ। चाहे त्यो पञ्चायत विरुद्धको आन्दोलन होस् वा दोस्रो जनआन्दोलन होस्, चितवनले दिएको योगदान अग्रस्थानमा आउँछ। तर, सबैभन्दा जेठो दल नेपाली कांग्रेसको हकमा भने यो जिल्ला उपेक्षित छ।

सात दशक लामो इतिहास बोकेको कांग्रेसले संचालन गर्ने हरेक आन्दोलन वा गतिविधिमा चितवनले ठूलो योगदान गरेको छ। ०१७ साल पुस १ तत्कालिन राजा महेन्द्रले कू गरेपछि कांग्रेसले गरेको सशस्त्र आन्दोलनमा चितवनले ठूलो योगदान गरेको थियो। जुन आन्दोलनमा एक दर्जन बढीले ज्यान गुमाएका थिए।

पञ्चायती व्यवस्था विरुद्ध २०३६ सालको जनमत संग्रहमा चितवनले ८ हजार बढीको मतान्तरसहित निर्दलीय पक्षलाई पराजित गरेको थियो। २०४२ सालको सत्याग्रह आन्दोलनमा चितवनबाट ५ सय ५३ जना गिरफ्तारीमा परेका थिए। जुन सबैभन्दा बढी हो। २०४६ सालको जनआन्दोलनमा चितवनका गणेश पौडेल पहिलो शहिद बनेका थिए। संस्थापक नेता गणेशमान सिंह चितवनबाटै राणाविरोधी संघर्षका क्रममा २००७ असोज २१ मा पक्राउ परेका थिए। २०६२÷०६३ सालको जनआन्दोलनमा समेत चितवनले ठूलो योगदान गर्यो।

तर, कांग्रेसको सात दशक लामो इतिहासमा चितवनबाट केन्द्रीय समितिमा प्रतिनिधत्व शून्य छ। ‘सबै खाले परिवर्तनमा चितवनले ठूलो योगदान गरेको छ। पार्टीले गर्ने आन्दोलन होस् वा गतिविधि चितवन सँधै अग्रस्थानमा छ। तर, योगदानको कदर भने हुन सकेको छैन,’ चितवन कांग्रेसका सभापति जित नारायण श्रेष्ठले भने, ‘अहिलेसम्म केन्द्रीय समितिमा चितवनको प्रतिनिधित्व नहुनु विडम्बना हो।’

कांग्रेसका ठूला नेता हुन् वा दलिय तालमेल कांग्रेसका लागि चितवन भरपर्दो जिल्ला हो। २०१५ सालमा होस् वा ७० सालको निर्वाचन नै किन नहोस्, अन्य जिल्लाका कांग्रेस नेता चितवन आएर निर्वाचन लडे र जिते पनि। २०७४ सालको स्थानीय चुनाव र भरतपुर महानगरपालिकाका कसले पो भुलेको होला र? जहाँ माओवादी नेतृ रेणु दाहाललाई कांग्रेस कार्यकर्ताले हसियाँ हथौडामा मत हालेर जिताइदिए। चितवन कांग्रेससँग अन्य दलको चुनाव चिन्हमा मतदान गर्नुपर्ने दुःख मात्रै छैन। आफ्नै पार्टीका पर्यटक नेतालाई जिताउनुपर्ने बाध्यता पनि छ।

२०१५ सालमा विराटनगरबाट राजनीति गरेका  र विश्वबन्धु थापालाई चितवनले जिताएको थियो। २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालिन सभापति सुशील कोइरालालाई चितवनले जिताएको थियो। जबकी कोइराला बाँकेका हुन्। तत्कालिन सभापति कोइरालाई जिताएको चितवनले उनकै कार्यकालमा समेत केन्द्रीय समितिमा अवसर पाउन सकेन।

‘आफ्नै पार्टीका अन्य जिल्लाबाट राजनीति गर्ने नेताहरुलाई त जिताइएकै थियो। तालमेलका नाममा कांग्रेस कार्यकर्ताले अन्य दलका नेतालाई समेत जिताउनु परेको छ। तर, अवसर पाउने बेला चितवनलाई वेवास्ता गरिएको छ,’ श्रेष्ठले भने।

आन्दोलन र निर्वाचन जिताउने कुरामा मात्रै होइन, संगठनका हिसाबले समेत चितवन कांग्रेस बलियो छ। १३ औं महाधिवेशनमा सबैभन्दा धेरै चितवनमा २० हजार ३०४ क्रियाशील सदस्य थिए। त्यो संख्या बढेर अहिले २७ हजार ८५५ पुगेको छ। ती मध्ये १७ हजार ४८ नविकरण तर्फका हुन् भने १० हजार ८०७ नयाँ सदस्य थपिएका छन्।

केन्द्रको मनमा बसेन, नेता मिलेनन्

२०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा टिकट नपाएपछि तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले तत्कालिन जिल्ला पार्टी सभापति कृष्णलाल सापकोटालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। त्यस बाहेक नेतृत्वको मनमा चितवन पर्न सकेको छैन। नेतृत्वले वेवस्ता गर्दा मनोनित भएर केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने कुरै भएन। निर्वाचित भएर केन्द्रीय समितिमा पुग्ने अवसरको बाधक नेताहरुको किचलो भइदियो।

नेतृत्वको वेवस्ता र नेताहरुको बेमेलको कै कारण केन्द्रीय समितिमा प्रतिनिधित्व गर्न असफल भएको नियती चितवन कांग्रेसले भोगिरहेको छ। चितवनबाट ११ औं महाधिवेशनमा ८ जना, १२ औं महाधिवेशनमा १९ जना र १३ औं महाधिवेशनमा ११ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। तर, कसैले तीन अकंको माथिको मत ल्याउन सकेनन्।

‘नेतृत्वको नजरमा त चितवन परेन नै। हाम्रो आफैं भित्रको वेमेलको स्थितीले पनि हाम्रो केन्द्रमा प्रतिनिधित्व हुन सकेन,’ श्रेष्ठ भन्छन्, ‘केन्द्रीय सदस्य नहुँदा साह्रै दुःख पाइयो। केन्द्रीय सदस्य बोलाएर एयरपोर्टमा स्वागत गर्न जाने मात्रै काम भयो।’

यो पटक भने पार्टी भित्र छलफल गरेर सहमतिकै आधारमा केन्द्रीय समितिमा लड्ने तयारी नेताहरुले गरेका छन्। सभापति श्रेष्ठ आफैं पनि केन्द्रीय सदस्य लड्ने तयारी गरिरहेका छन्। उनी बाहेकका नेताहरुले पनि अकांक्षा देखाएका छन्। ‘अहिले आकांक्षी छैनन्। मिलेरै अघि बढ्नुपर्ने अधिकांशको राय छ,’ उनले भने, ‘म १२ औं माहाधिवेशनमा नेविसंघको अध्यक्ष थिएँ। जिल्ला कार्य समिति सदस्य जितेँ, जितेपछि राजिनामा राजिनामा दिएँ। १३ औं महाधिवेशनमा जिल्ला सभापति जितेँ। अब केन्द्रमा आउने इच्छा। मसँगै अरु साथीहरुको पनि आकांक्षा छ। तर मिलेर बढ्छौं।’

कांग्रेसले रुखमा भोट हाल्नै नपाउने?

अहिले कांग्रेस, माओवादी केन्द्र, जसपा लगायतका दल मिलेर सरकार बनेको छ। त्यसको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन्। यो गठबन्धन बन्ने बित्तिकै झस्को पसेको छ चितवनमा। २०७३ मा कांग्रेस–माओवादीको सत्ता गठबन्धन बनेको र २०७४ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणुलाई मतदान गर्नुपरेको चस्का चितवन कांंग्रेसलाई परेको छ। अहिले पनि ठिक २०७३ सालकै अवस्थामा कांग्रेस–माओवादी गठबन्धन बनेको छ। आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्नु हुनेछ। र, यो गठबन्धन आम निर्वाचनसम्म कायम रहने चर्चा समेत भइरहेको छ।

कतै आगामी निर्वाचनमा फेरी माओवादीलाई मतदान गर्नुपर्ने हो कि? माओवादी अध्यक्ष प्रचण्डलाई नै जिताउनुपर्ने अवस्था आउने हो कि? चितवन कांग्रेसका नेता–कार्यकर्ताको मनमा प्रश्न उठेको छ। तर, सभापति श्रेष्ठ भने अब कुनै पनि हालतमा रुख बाहेक अन्य चुनाव चिन्हमा चितवन कांग्रेसले मतदान नगर्ने बताउँछन्। ‘गठबन्धन कायमै रह्यो भने पनि प्रचण्डलाई चितवन नै दिनुपर्छ भन्ने के छ? प्रचण्डको चितवन को हो र त्याहिँबाट लड्नुपर्ने। जन्मको कास्कीबाट लडे भो। आधार इलाका रुकुम रोल्पाबाट लडे भो,’ उनले भने, एकपटक सहयोग गरियो त। छोरीलाई बनाइदिएकै छ त। सँधै हामीले अरुलाई सहयोग गर्नुपर्ने। त्यहाँका जनताले कहिलै रुखमा भोट हाल्न नपाउने?’ उनले अन्य पार्टीसँग तालमेल भयो भने र रुख बाहेक भोट हाल्नुपर्ने स्थिति आयो भने चितवन कांग्रेसले स्विकार नगर्ने दाबी गरे। @नेपाल समय

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑