साउन, काठमाडौँ। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले नियुक्ति पत्र बुझेका छन् । कुलमानले बुधबार उनलाई उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयबाट नियुक्तिपत्र बुझेका हुन् ।
उर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको थियो ।
योसँगै घिसिङको विद्युत प्राधिकरणमा करिब ११ महिनापछि पुनरागमन भएको छ । घिसिङ आफ्नो चारवर्षे कार्यकाल पूरा गरी गत भदौ ३१ मा प्राधिकरणबाट बिदा भएका थिए ।
घिसिङले लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेपछि आमरुपमा उनलाई प्राधिकरणमा निरन्तरता दिन दबाब दिइएको थियो । तर तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरको थियो ।
सरकारले हाल प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस