• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Wed, 12, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चतुर प्रचण्डको अर्को चुनाव जित्न यस्तो छ अग्रिम तयारी, पार्टीलाई १०० सिटमा लैजाने…….

August 11, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
चतुर प्रचण्डको अर्को चुनाव जित्न यस्तो छ अग्रिम तयारी, पार्टीलाई १०० सिटमा लैजाने…….

भरतपुरमा देउवाको ठाडो निर्देशनमा काँग्रेस उम्मेदवारको मनोनयन दर्ता फिर्ता गरायर देउवा आफै रेनुको प्रचारमा पुगेको घटना राजनीतिकवृत्तमा चर्चामा आयो।


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

साउन, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जोखिम मोल्न सक्ने नेता हुन् । उनले जनयुद्धको नेतृत्व गरेर जोखिम मोले, शान्ति प्रक्रियामा आउनले जोखिम मोले र संसदीय राजनीतिमा पनि उत्तिकै जोखिम मोलेका छन् । कतिपय अवस्थामा उनले धक्का खाएका छन् । कतिपय अवस्थामा लाभ लिन सकेका छन् ।

प्रचण्डको अर्को विशेषता पार्टी नै बिघटन गर्ने हो । उनी आफैले पटक पटक पार्टी बिघटन गरेर नयाँ सुरु गरेको गर्वका साथ सुनाउने गरेका छन् । जनयुद्ध गरेको पार्टी नेकपा माओवादी उनैले बिघटन गरेर एकीकृत कम्युनिस्ट पार्टी बनाएका थिए । उनी कुनैपनि बखत पार्टी बिघटन गरेर अगाडि बढ्ने स्वभावका छन् । यसको मुख्य कारण उनीभित्रको आत्मविश्वास, साहस र करिश्मामयी व्यक्तित्व पनि हो ।

प्रचण्डमा रणनीतिक चार्तुयता निकै देखिन्छ । उनले जनयुद्धकालमा असफल हुन लाग्दा माओवादीलाई चर्तुयाईका साथ जोगाएका छन् । स्वेदश र विदेशका शक्तिहरुसँग चार्तुयता देखाउन सफल भएको देखिन्छ ।

तेस्रो जनआन्दोलनपछि माओवादी शान्तिपूर्ण राजनीतिक मूलधारमा आएर संविधानसभामा पहिलो स्थान हासिल गर्न सफल भयो । प्रचण्ड प्रधानमन्त्री भए । तर, उनले भन्दै आएको सत्ता कब्जाको रणनीतिमा सेनापति प्रकरणमा धक्का लाग्यो । माओवादीको विभाजन र दोस्रो संविधानसभाको चुनावमा पहिलोबाट तेस्रो दल बन्यो ।

प्रचण्डले तेस्रो दल हुनाको बाबजुद आफूलाई निर्णायक शक्तिको रुपमा उभ्याए । उनी दोस्रो संविधानसभा कालमा पनि प्रधानमन्त्री बन्न सफल भए । रणनीतिक चार्तुयता देखाइरहे ।

संविधान निर्माणपछि माओवादी निकै कमजोर हालतमा थियो । स्थानीय निकायको निर्वाचनमा तल्लो तहमा बलियो संगठन भएका नेपाली काँग्रेस र नेकपा एमालेसामु प्रचण्डलाई मुश्किल थियो । उनले केपी शर्मा ओलीसँगको सहकार्य तोडेर शेरबहादुर देउवासँग सहकार्य गरे । स्थानीय निकायको चुनावमा काँग्रेससँग आन्तरिक रुपमा कुरा मिलाएर बढीभन्दा बढी स्थानमा जनप्रतिनिधि निर्वाचित गराउन सफल भए ।

प्रचण्डले भरतपुरमा छोरी रेनु दाहाल लाई मेयरमा चुनाव जिताउन सके । भरतपुरमा देउवाको ठाडो निर्देशनमा काँग्रेस उम्मेदवारले मनोनयन दर्ता फिर्ता लिएका थिए । देउवा आफै रेनुको प्रचारमा पुगेको घटना राजनीतिकवृत्तमा चर्चामा आयो ।

देउवासँग गठबन्धन बनाएका प्रचण्डले संसदीय चुनाव आउँदै गर्दा रणनीति परिवर्तन गरे । देउवा सरकारमा रहनुका बाबजुद ओलीसँग सहकार्य गरेर माओवादीलाई चुनावमा होमे । एमाले र माओवादीबीच ६० र ४० प्रतिशत सिट बाँडेर चुनाव लडे । निकै कमजोर हालतमा रहेको माओवादी केन्द्रलाई क्षमताभन्दा बढी सिटमा जिताउन सफल भए ।

२०७४ को आमनिर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ सिटमा विजय हासिल गरेको थियो । जबकि समानुपातिकतर्फ मात्र १७ सिट जित्न सक्यो । समानुपातिकतर्फभन्दा प्रत्यक्षतर्फ दोब्बर सिट जित्नुले पनि एमालेसँगको गठबन्धनबाट सबैभन्दा बढी फाइदा माओवादीलाई भएको देखिन्छ । जबकि प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले समानुपातिकतर्फ ४१ सिट जितेको थियो । समानुपातिकतर्फभन्दा नेपाली काँग्रेसले झण्डै आधा कम सिट जित्यो । प्रत्यक्षतर्फ २३ सिट जितेको काँग्रेसले समानुपातिकतर्फ ४० सिट जित्यो ।

प्रचण्ड चार्तुयतातपूर्वक कमजोर भइसकेको माओवादीलाई शक्तिशाली बनाए । एमालेसँग एकताको सम्झौता गरे । त्यसमा उनको एमाले कब्जा गर्ने रणनीतिबारे चर्चा चल्यो । नेकपा बन्दा ६०–४० को सम्झौता गरेका थिए । माओवादीले सबै कमिटीहरुमा ४० प्रतिशत हिस्सा पायो । ओलीसहित प्रचण्ड अध्यक्ष बने । सरकारमा पनि माओवादीबाट शक्तिशाली मन्त्रालय सहित उल्लेख्य संख्यामा सहभागिता भयो । आधा आधा सरकारको नेतृत्व गर्ने सम्झौता ओलीसँग गरे ।

प्रचण्डले विस्तारै नेकपाभित्र नियन्त्रण बढाउन थाले । नेकपाभित्रको विवादमा सचिवालयका बहुमत सदस्यहरु प्रचण्डको पक्षमा उभिए । माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम जस्ता हस्तीहरु प्रचण्डको साथमा पुगे । यसमा उनको रणनीतिक चार्तुयता नै कारण थियो । जे जस्तो घटना विकास भएपनि प्रचण्डले चतुरताका साथ सामना गरे ।

नेकपा विभाजन भयो । प्रतिनिधि सभा दुई पटक बिघटन भयो । प्रचण्डले सावधानीपूर्वक परिस्थिति सम्हाले । काँग्रेस सभापति शेरबहादुर देउवासँग पुनः सहकार्य बनाए । विगतमा प्रचण्डले ओलीसँग सहमति बनाएर साथ छाडेकोमा रुष्ट देउवालाई मनाइछाडे । देउवालाई प्रधानमन्त्रीका लागि मनाएर ओलीलाई सत्ताबाट हटाउने सफलता बनाइछाडे ।

प्रचण्डले माओवादीका केही हस्ती गुमाएपनि पछिल्लो समय सहज अवस्थामा छन् । एमालेभित्र औपचारिक विभाजनको अवस्था विकास भइरहेको छ । प्रचण्ड भने नयाँ गठबन्धन निर्माणमा लागेका छन् । माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसहितको गठबन्धन बनाएर सकभर नयाँ दल निर्माणमा जुटेका छन् ।

देउवा प्रधानमन्त्री बन्दा अर्थ र ऊर्जा जस्ता शक्तिशाली मन्त्रालय माओवादीले पाउने गरी प्रचण्डले लाभ लिन सकेका छन् । उनी यतिबेला शक्ति सञ्चयमा लागेका छन् । विचार मिल्ने दलहरुसँग गठबन्धन निर्माणमा लागेका छन् । आगामी वर्ष हुने निर्वाचनका लागि प्रचण्डको अग्रिम तयारी देखिइसकेको छ । माओवादी एक्लैले यसअघिको चुनावमा जति पनि सिट जित्न नसक्ने देखिन्छ । तर, प्रचण्ड अहिलेभन्दा बढी सिट जित्ने गरी रणनीतिक रुपमा बढेका छन् । यसका लागि माधव नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईसहितका नेताहरुलाई समेटेर गठबन्धन बनाउने गरी लागिपरेका छन् । प्रचण्डले रणनीतिक चार्तुयता देखाइरहेका छन् ।@nparda

बाट थप

  • कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थितिकुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति
  • इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइतेइच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते
  • यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कमयस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम
  • आज मिति २०८२ साल कार्तिक २६ गते बुधबारआज मिति २०८२ साल कार्तिक २६ गते बुधबार
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    समाचार
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑