
‘संसदमा जसरी बोल्नुभयो, साढे ३ बर्ष त्यसरी काम गरिदिएको भए, स्थिति अर्कै हुन्थ्यो ,अब १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारी महिना दिनमै?
साउन, काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्वको सरकारले ३ वर्षमा काम गर्न नसकेर अहिले १ महिनामै प्रश्नको भारी बोकाएको बताएकाछन् ।
एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले मंगलबार संसदमा राखेको धारणामा टिप्पणी लेख्दै यसले काम अब सरकारले गर्ने र बोल्ने विभागको जिम्मा ओलीलाई दिने बताएकाछन् ।
‘संसदमा जसरी बोल्नुभयो, साढे ३ बर्ष त्यसरी काम गरिदिएको भए, स्थिति अर्कै हुन्थ्यो ,अब १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारी महिना दिनमै ?’ अध्यक्ष ओलीलाई ट्याग गर्दै शर्माले लेखेकोछन्, ‘ तर प्रतिपक्षी आवाज सम्मान गर्दै, कर्मले जवाफ दिने कर्तव्य निर्वाह गर्नुछ, बोल्ने विभाग कमरेड ओलिकै जिम्मा थियो, छंदैछ ।’
मंगलबार प्रतिपक्षमा गएपछि पहिलो पटक बोल्दै ओलीले सरकारको न्युनतम नीति तथा कार्यक्रममा रहेर प्रश्नका भारी वर्षाएका थिए।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस