
साउन, चितवन। कुरिनटार, नेकपा माओवादी केन्द्र इच्छाकामनाका सह–इन्चार्ज चन्द्र बहादुर चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आज इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा आयोजित एक कार्यक्रमबाट माओवादी केन्द्र इच्छाकामनाका सह–इन्चार्ज चन्द्र बहादुर चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य चन्द्र बहादुर सुनार पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उक्त कार्यक्रमबाट विभिन्न पार्टीबाट १०५ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस इच्छाकामनाले जानकारी दिएको छ। उनीहरु सबैलाई नेपाली काँग्रेस चितवनका जिल्ला सभापती जीत नारायण श्रेष्ठले टिका लगाएर पार्टी प्रवेश गराएका हुन्।
सो अवसरमा बोल्दै नेपाली काँग्रेस चितवनका जिल्ला सभापती जीत नारायण श्रेष्ठले काँग्रेस चितवनमा प्रवेशको लहर चलेको बताए । श्रेष्ठले जिल्लाका हरेक पालिकामा विभिन्न पार्टीका कार्यकर्ता काँग्रेस प्रवेश गर्न आत्तुर भएको भन्दै पार्टीले अभियानको रुपमा प्रवेश कार्यक्रम संचालन गर्ने बताए।
नेपालीहरु कम्युनिष्टबाट अजित भएका कारण पनि काँग्रेसप्रति आकर्षण बढेको उनको भनाई छ । देशको विकास र निकास काँग्रेसबाट मात्र सम्भव रहेको श्रेष्ठको रहेको तर्क छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस