साउन, चितवन। चितवनमा कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको छ भने १७३ जना थपिएका छन । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा दुई जना र भरतपुर अस्पतालमा एक जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । । मृतक तीनमध्ये चितवनका दुई जना र नवलपुरका एक जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा चितवनमा ६९ जनामात्र संक्रमणबाट मुक्त भएका छन् । यहाँका विभिन्न अस्पतालबाट २० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । चितवनका अस्पतालमा २६१ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् ।आईसीयूमा ९१ जना, भेन्टिलेटरमा ३० जना, एचडीयूमा ५० जना र जेनरल बेडमा १२० जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । भेन्टिलेटरमा संक्रमित बिरामीको संख्या बढ्दै गइरहेको अस्पतालले जनाएको.छ ।
पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिकामा ११९ जना, खैरहनी नगरपालिकामा ५ जना, माडीमा १२ जना, रत्ननगरमा २७ जना, राप्ती नगरपालिकामा तीन जना, कालिकामा चार जना र इच्छाकामनामा तीन जना संक्रमित थपिएका छन् । चितवनमा कोरोना संक्रमणबाट ३४६ जनाको मृत्यु भइसकेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस