साउन, भरतपुर। भरतपुर महानगरपालिकाले कोरोना बिरुद्धको दोस्रो डोज भेरोसेल खोप लगाउने सम्बन्धि सूचना जारी गरेको छ ।
आज प्रकाशन भएको सूचना अनुसार भरतपुर महानगरपालिकाका २९ स्वास्थ्य केन्द्रहरुबाट कोरोना बिरुद्धको पहिलो डोज भेरोसेल खोप लगाएकाहरुका लागि उक्त खोपको दोस्रो डोज लगाउने भनिएको हो ।
श्रावण १ गते देखि ३ गते भित्रमा कोरोना बिरुद्धको भेरोसेलको खोपको पहिलो डोज खोप लगाएकाहरुको २१ दिन पुगेकोले श्रावण २४ गते देखि श्रावण २६ गते भरतपुर महानगरपालिकाका सबै स्वास्थ्य केन्द्रमा भेरोसेलको दोस्रो डोज खोप लागईने सूचनामा उल्लेख गरिएको छ ।
खोप लगाउन जाँदा भेरोसेलको पहिलो डोज खोप लगाएको खोप कार्ड अनिवार्य लिएर जान भुजेलले अनुरोध गर्नुभएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस