साउन, काठमाडौं। काठमाडौं जिल्लामा साउन २२ गते देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार साउन २२ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिइने छ।
उनले स्वास्थ्य सेवा विभागबाट कार्यालयलाई पत्र आउन बाँकी रहेको र निर्देशन हुने वित्तिकै खोप लगाउन थाल्ने जानकारी दिए।
उनका अनुसार १ लाख ६५ हजार व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा खोप लगाउन बाँकी रहेको बताए।
तर दोस्रो मात्रा खोप लगाउने व्यक्तिहरुले विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र जानुपर्ने अनिवार्य रहेको छ।
खोप केन्द्रलाई व्यवस्थीत गर्न र खोप लगाएका व्यक्तिहरुको रेकर्ड राख्नका लागि विद्युतीय दर्ता नम्बर अनिवार्य गरिएको हो।
विद्युतीय दर्ता नम्बर नभएका तथा अन्लाईन दर्ता गर्न नसकेका व्यक्तिहरुको हकमा केही निर्णय गर्ने खड्काले बताए। मजदुर तथा अन्लाईन दर्ता गर्न नजान्ने व्यक्तिहरुको हकमा हामीलाई नेपाल रेडक्रस सोसाइटीले सहयोग गर्ने उनले बताए।
तर विद्युतीय दर्ता नम्बरनभएका व्यक्तिहरुलाई खोपबाट वञ्चित नगरिने खड्काले बताए। हामीले दुई वटा लाइन राखेर भएपनि खोप लगाउने व्यवस्था मिलाएका छौं।
पहिलो मात्राका खोप लगाउने म्याद भने आजसम्म मात्र रहेको जानकारी दिए।
काठमाडौं आज जिल्लामा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठबाहेक अन्य पालिकाहरुमा मात्र खोप कार्यक्रम संचालन हुनेछ।
अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसुति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम संचालन हुनेछ।
विदेशमा काम गर्न जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ।
तर, वैदेशिक रोजगार, उपचार, अध्ययन वा अन्य कार्यका लागि जाने व्यक्तिहरुले अनिवार्य रुपमा vaccine.mohp.gov.np मा नाम र विवरण भरेर आएपछि मात्र खोप लगाउन पाउने छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस