कहिले पत्रकारमाथि दुर्व्यवहार त कहिले सेवाग्राहीमाथिनै हात हालाहालसम्मको हर्कत गरिसकेका भरतपुर १० का वडाध्यक्ष द्वारा फेरी शुक्रबार स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको भिडियो बाहिरियपछि फेरी विवादमा
चितवन, भरतपुर । वडा जनप्रतिनिधि भएपछि पटक पटक विवादमा आइरहने नाम हो- अरुण पीडित भण्डारी । उनी भरतपुर महानगरपालिकाका प्रवक्ता र वडा नं १० का वडाध्यक्ष हुन् । उनी किन पटक पटक विवाद मा आइरहन चाहन्छन् अथवा उनलाई बिबादमा ल्याईन्छ भन्ने कुरो अहिले सर्बत्र चर्चामा आइरेको छ ।
कहिले पत्रकारमाथि दुर्व्यवहार गरेर त कहिले सेवाग्राहीमाथिनै हात हालाहालसम्मको हर्कत गरिसकेका भरतपुर १० का वडाध्यक्ष भण्डारीद्वारा फेरी शुक्रबार स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको भिडियो बाहिरियपछि फेरी विवादमा तानिएका छन् ।
भरतपुर-१० को जनस्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको जोन्सन खोप कार्यक्रम चलिरहेको समयमा शुक्रबार बेलुकी ५ः१५ बजे वडाध्यक्ष भण्डारीले खोप इन्चार्ज अमृत श्रेष्ठलाई दुर्व्यवहार गरेको भिडियो बाहिरियाको छ।
सुरूमा खोपकेन्द्र प्रवेश गरेका भण्डारीले स्वास्थ्यकर्मीलाई खोपको बारेमा जानकारी लिएका थिए । एक स्वास्थ्यकर्मीले १५ भाइल खोप मौज्दात बाँकी रहेको बताइन् । तर, भण्डारीले उनको कुरालाई विश्वास गरेनन् । सोही समयमै ती स्वास्थ्यकर्मी बाथरुम जान लाग्दा भण्डारी कड्किए ।
भण्डारीले दादागिरी शैलीमा थर्काएपछि खोप इन्चार्ज अमृत श्रेष्ठलाई पनि असह्यभयो उनि पनि कडकिय। भण्डारीलाई उनले ‘म चितवन जिल्लाभरिको खोप कार्यक्रम हेर्ने मान्छे हुँ‘ भनेर जवाफ दिए ।
राजा हो ? भण्डारीले भने । राजा त तपाईं हो । म कर्मचारी हुँ । तपाईं कमाण्डर भएर भित्र बाहिर बस्ने मान्छेलाई थर्काउने ? श्रेष्ठले सोधे ।
केही बेर भनाभन भएपछि वडाध्यक्ष भण्डारीले प्रहरीलाई बोलाउँदै भाइ, यसलाई लगेर गोद्दिनु त भने । त्यसपछि इन्चार्ज श्रेष्ठ पनि जङ्गिए । विवाद बढ्दै गयो । एकअर्कालाई ठेगान लगाउने कुरा चले । चुप लागेर बस् भन्नेसम्मको भनाभनपछि विवाद हात हालाहालसम्मको स्थितिमा पुगेको थियो ।
जनस्वास्थ्य कार्यालय चितवनकी प्रमुख गीताञ्जली ढकालका अनुसार भण्डारीले यसअघि पनि खोपकेन्द्रका कर्मचारीलाई थर्काउने/धम्काउने कार्य गर्दै आएकोमा यस पटक भिडियो नै सार्वजनिक भएको हो ।
सो विवादको भिडियो पनि सार्वजनिक भएको छ । भिडियो खोप लगाउन केन्द्रमा पुगेका व्यक्तिले खिचेका हुन् । भिडियो हेर्न यहाँको लिंकमा हेर्नुहोस् ।@चितवन पोस्ट
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस