साउन, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कोरोणा संक्रमण रोक्न फेरि लकडाउन गरेर जान कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीलाई सिफारिस गरेको छ । संक्रमणको जोखिम नियन्त्रणमा आउनुको सट्टा झन् बढेको भन्दै मन्त्रालयले यस्तो सिफारिस गरेको हो ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बेलुका सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकमा मन्त्रालयले स्मार्ट लकडाउनगरेर संक्रमण नियन्त्रण गर्नु पर्ने प्रस्ताव पेश गरेको बैठकमा सहभागी एक प्रतिनिधिले बताए ।
बालुवाटार श्रोतका अनुसार संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधार लगायतको अवस्था हेरेर निर्णयमा पुग्नु पर्ने सुझाव आएको छ ।
‘स्मार्ट लकडाउनको अवधारणा पेश भएको र आजैदेखि छलफल सुरु भएकोले संक्रमणको आधारमा निर्णय हुने श्रोतको दाबी छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस