• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

बेलायती वैज्ञानिकको दाबी : खोप लगाएको १० हप्तापछि ५० प्रतिशतले घट्यो एन्टीबडी

July 30, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ९ मिनेट
बेलायती वैज्ञानिकको दाबी : खोप लगाएको १० हप्तापछि ५० प्रतिशतले घट्यो एन्टीबडी


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

बेलायतमा एक नयाँ अध्ययनको नतिजा बाहिर आएको छ । लण्डनको युनिभर्सिटी कलेजस्थित इन्स्टिच्युट अफ हेल्थ इन्फार्मेटिक्सका वैज्ञानिकहरुका खोपका कारण कोभिड १९ विरुद्ध बनेको एन्टीबडी १० हप्तापछि कम हुन थाल्छ । यसले धेरैखाले सवाल उठाएको छ ।

आखिर खोपले कति दिनसम्म कोभिड १९ बाट तपाईलाई बचाएर राख्छ ? के सबै खोपका हकमा यस्तै लागु हुन्छ ? यस अध्ययनको नतिजापछि अब के बुस्टर डोज लिनु जरुरी हुन्छ ? आउनुस् यसबारे चर्चा गरौं ।

नयाँ अध्ययनले के भन्छ ?

युनिभर्सिटी कलेज लण्डन (युसिएल)को भाइरस वाच स्टडीमा पाइएको छ कि फाइजर र एस्ट्राजेनेकाको खोपबाट बनेको एन्टिबडी ६ हप्तापछि कम हुन थाल्छ । १० हप्तापछि यो केवल ५० प्रतिशत बाँकी रहन्छ ।

युसिएलको टिमले ५० देखि ७० वर्ष उमेर समूहका ६०५ जना खोप लगाइसकेका मानिसहरुको रगतको स्याम्पल एनालाइसिस गरेको छ । जसअनुसार सबै व्यक्तिहरुमा एन्टिबडीको लेभल अलग–अलग थियो । तर, एस्ट्राजेनेकाको खोपको दाँजो फाइजरको खोपमा अधिक एन्टिबडी पाइएको थियो ।

फाइजरको खोपको दोस्रो डोज लगाएको ६ हप्तापछि एन्टिबडीको स्तर ७ हजार ५ सय युनिट्सप्रति मिलिलिटर थियो, तर १० हप्तापछि यो घटेर ३ हजार ३२० मात्रै रह्यो ।

यता, एस्ट्राजेनेकाको खोपको दोस्रो डोज लगाएकाहरुमा एन्टिबडीको स्तर १० हप्तामा १ हजार २ सय युनिट्सबाट १९० युनिटमा झरेको थियो । बेलायतको प्रतिष्ठित लान्सेट जर्नलमा प्रकाशित नतिजामा अनुसन्धानकर्ताहरुले ४ हजार ५ सय सहभागीहरुमा गरिएको अनुसन्धानमा यस्तो ट्रेन्ड देखिएको दाबी गरेका छन् ।

एन्टीबडीको स्तर घट्नु र कोभिड १९ लडाइँबीच के सम्बन्ध छ ?

वैज्ञानिकहरुका अनुसार खोप लगाएको केही सातापछि एन्टीबडीको स्तर घट्दैमा चिन्तित हुनुपर्दैन । तर, अनुसन्धानकर्ताहरुले कुनै न कुनै रुपमा यसले खोपको प्रभावकारिता कम गर्न सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् । यसको अर्थ यही कारण मानिसहरु ‘ब्रेक थु्र इन्फेक्सन’ भइरहेका छन् भन्ने पनि होइन । ‘ब्रेक थ्रु इन्फेक्सन’ भन्नाले खोप लगाएर पनि कोभिड १९ बाट संक्रमित हुने अवस्थालाई बुझिन्छ ।

कोभिड १९ बाट सुरक्षित राख्नका लागि एन्टिबडीको स्तर महत्वपूर्ण छ । तर इम्युन प्रणालीसँग संक्रमणविरुद्ध लड्नका लागि अन्य हतियार पनि छन् । मेमोरी बी सेल्सले भाइरसलाई याद राख्छ र जब पनि संक्रमण हुन्छ, तब यसले तत्काल एन्टीबडी बनाउन थाल्छ । त्यस्तै, टी किलर सेल्सले संक्रमित सेल्सलाई निशाना बनाएर खतम गर्छ, अनि अतिरिक्त सुरक्षा कवच दिन्छ ।

महामारी मामिलाका भारतीय विशेषज्ञ डाक्टर चन्द्रकान्त लहारियाका अनुसार केवल एन्टिबडी स्तरलाई मात्रै सुरक्षा मान्नु सही हुँदैन । ‘हामीलाई धेरै स्तरबाट सुरक्षा मिल्छ र यो कति दिनसम्म मिल्नेछ, यसबारे अझै अध्ययन गर्न जरुरी छ,’ उनले भने ।

त्यसो भए के बुस्टर डोज जरुरी पर्नसक्छ ?

हो । अनुसन्धानकर्ताले फाइजर र एस्ट्राजेनेकाको खोपको प्रभावकारीताको छानविन गरेका छन् । उनीहरुका अनुसार जसले सुरुमै खोप लगाएका थिए र जसले एस्ट्राजेनेकाको खोप लगाएका थिए , उनीहरुले केही महिनापछि बुस्टर डोज लगाउनुपर्छ ।

युनिभर्सिटी कलेज लण्डनका प्रोफेसर रोब एलड्रिका भन्छन्,‘ हामीलाई थाहा छ कि एन्टिबडी सुरुमा उच्च हुन्छ र केही समयपछि कम हुनथाल्छ । यदी यही रफ्तारमै एन्टीबडीको लेभल गिर्न थाल्यो भने खोपको सुरक्षा पनि कम हुन थाल्नेछ । हाम्रा लागि ठूला सवाल यस्तो कहिले हुन्छ भन्ने हो ?’

उनले भने,‘जोखिमलाई नाप्ने उत्कृष्ट तरिका एन्टिबडीमात्रै होइन । हमीलाई यसको म्याजिक नम्बर के हो भन्ने थाहा छैन । जब संक्रमण र अस्पताल भर्ना हुने खतरा कम हुनेछ । तब हामीले यस म्याजिक नम्बर पत्ता लगाउनु जरुरी हुन्छ ।’

बुस्टर डोजलाई लिएर अलग–अलग देशमा के भइरहेको छ ?

फाइजरले ब्रेक थ्रु इन्फेक्सनका घटना बाहिर आएपछि बुस्टर अर्थात् तेस्रो डोज आवश्यक पर्ने जनाएको थियो । यसपछि इजरायलसहित केही देशमा उच्च जोखिम समूह  अर्थात् कुनै गम्भिर खाले रोगसँग जुधिरहेका मानिसहरुलाई बुस्टर डोज लगाउन थालिएको छ ।

बुस्टर डोज लगाउन आवश्यक पर्नुको एउटा कारण डेल्टा भेरियन्ट पनि हो । अहिले यो भेरियन्ट १ सय २५ भन्दा धेरै देशमा सक्रिय छ । भारतमा ८६ प्रतिशत नयाँ घटना डेल्टा भेरियन्टकै छन् । यहाँ पनि ब्रेक थ्रु इन्फेक्सन बाहिर आएको छ । यसबारे इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले अध्ययन पनि गरेको छ ।

अमेरिकाले पनि मानिसहरुलाई बुस्टर डोज जरुरी पर्नसक्ने जनाएको छ, तर यसबारे थप अध्ययन हुँदैछ । खोपको मिक्स एन्ड म्याच रणनीतिबारे पनि विचार हुँदैछ । अनुसन्धानको नतिजापछि यस विषयमा फैसला लिइनेछ ।

विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) का अनुसार बुस्टर डोज कति जरुरी छ भन्ने विषयमा कुनै वैज्ञानिक आधार पुष्टि भइसकेको छैन । ‘विकसित देशमा खोपको बुस्टर डोज दिइनुको साटो खोपको अभावसँग जुधिरहेका देशहरुमा खोप वितरण गर्नु आवश्यक छ,’ डब्ल्युएचओले भनेको छ ।

फरक–फरक भेरियन्टविरुद्ध खोप कति प्रभावकारी छ ?

खोपले सबै भेरियन्टविरुद्ध एन्टीबडी बनाइरहेको छ । बेलायतमा फाइजर र मोडर्ना खोपको प्रभावकारीताबारे गरिएको अध्ययनले डेल्टा भेरियन्टबाट संक्रमित व्यक्तिलाई गम्भिर हुनबाट जोगाउन यो खोप ९६ प्रतिशत सफल रहेको देखाएको थियो ।

भारत बायोटेकले आफ्नो तेस्रो चरणको ट्रायलका क्रममा यो खोपको प्रभावकारिता डेल्टा भेरियन्टविरुद्ध ६५ प्रतिशत रहेको जनाएको छ । रुसी खोप स्पुतनिक भी पनि डेल्टा भेरियन्टविरुद्ध ९० प्रतिशत प्रभावकारी छ । जबकी, कोभिड १९ को ओरिजिनल भेरियन्टविरुद्ध यो खोप ९२ प्रतिशत प्रभावकारी थियो । @ratopati

बाट थप

  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • आज अमेरिकी डलरको भाउ बढ्योआज अमेरिकी डलरको भाउ बढ्यो
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑