साउन, चितवन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पदभार ग्रहण अघि गृहजिल्ला चितवन आएका उनले आज पत्रकारसँगको कुराकानीमा संविधान बाहिर गएर कुनै पनि काम नगर्ने बताएका हुन् ।
प्रदेश प्रमुख गुरुङले भने, “सरकारले मलाई राजनीतिक निष्ठाका कारण दिएको जिम्मेवारीमा आँच नआउने गरी काम गर्ने र पदमा रहुञ्जेल राजनीतिक दलमा निष्क्रिय रहेर प्रदेशको विकासमा लाग्छु ।” फरक प्रसङ्गमा उहाँले पार्टीको १४ औँ महाधिवेशनमा कुनै पदका लागि पनि उम्मेदवारी नदिने पनि घोषणा गरे ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस