साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच कोटेश्वरमा भेटवार्ता भएको छ। नेता नेपाललाई भेट्न अध्यक्ष दाहाल नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
सत्तारूढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति बनेपछि थप छलफल गर्न प्रचण्ड कोटेश्वर पुगेका हुन्। सत्तापक्षीय गठबन्धनमा सहभागिता जनाउँदै आएका एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउन प्रचण्डले कसरत गरिरहेका छन् । तर, नेता नेपाल पक्षले भने आफूहरु अहिले पनि एमालेको एकताकै पक्षमा रहेको बताउँदै अहिले सरकारमा सहभागी नहुने बताउँदै आएको छ ।
नेपाल पक्षका २२ सांसदले सरकारमा सहभागी हुनुपर्ने दवाव दिइरहेकै बेला प्रचण्डले नेता नेपाललाई भेटेका हुन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस