साउन, चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी निषेधाज्ञामा कुनै प्रकारको सभा, सम्मेलन, सेमिनार, महोत्सव सञ्चालन गर्न नपाइने उल्लेख छ ।
भौतिक रुपमा नै उपस्थित भइ गर्नुपर्ने साधारण सभाको लागि प्रशासनसँग स्विकृति लिनुपर्ने छ । यसैगरी भौतिक रुपमै उपस्थित भएर पठनपाठन गर्न नपाइने, सिनेमा, पार्टी प्यालेस, ब्युटी पार्लर, सैलुन, जिमखाना, फुटसलहरु सञ्चालन गर्न पाइने छैन ।
यस्तै मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगायतका धार्मिकस्थलमा नित्य पूजा बाहेक अन्य जमघट गर्न नपाइने उल्लेख छ । शैक्षिक संस्थामा परीक्षा सञ्चालन गर्दा जेड आकारमा सिट प्लान गर्ने र एउटा कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने उल्लेख छ ।
यस्तै लामोदुरीका सवारीसाधनहरु ट्राफिक कार्यालयको समन्वयमा सिमित संख्यामा सञ्चालन गर्न पाइने उल्लेख छ ।
यस्तै जिल्लामा सवारी सार्वजनिक सवारी साधनहरु जोरविजोर प्रणाली अनुसार सञ्चालन गरिने जनाइएको छ । चितवनबाट छुट्ने मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधनहरु स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी अत्यावश्यक प्रयोजनका लागि सञ्चालन गर्न पाउने भएका छन् । यसका लागि सम्बन्धित यातायात व्यवसायी संघको सिफारिस र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सिमित संख्यामा सञ्चालन गर्न पाइने भएको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस