चितवन, साउन । चितवनमा आज कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा चार जना र चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो । मृतक पाँच जनामध्ये चितवनका चार जना र नवलपरासीको एक जना रहेका छन् ।
त्यस्तै चितवनका विभिन्न अस्पतालमा १८५ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ६१ जना, भेन्टिलेटरमा ८ जना, एचडीयूमा ४६ जना र जेनरल बेडमा ७९ जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा विभिन्न अस्पतालबाट २४ जना डिस्चार्ज भएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार भरतपुर महानगरपालिकामा १२५ जना, खैरहनी नगरपालिकामा १५ जना, माडी नगरपालिकामा १२ जना, रत्ननगरमा १२ जना, राप्तीमा १४ जना र कालिकामा १ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै चितवनमा संक्रिय कोरोना संक्रमितको संख्या दुई हजार १६ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ८९६ जना, अस्पतालको आइसोलेसनमा ११३ जना र सार्वजनिक आइसोलेसनमा ७ जना रहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस