
साउन, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल,प्रचण्डलाई भेट्न खुमलटार गएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाउदा आफूसँग सल्लाह नगरेको भन्दै पौडेल गुनासो पोख्न खुमलटार पुगेको राजनीतिक वृतमा चर्चा सुरु भएको छ ।
देउवाले आइतवार कसैसँग सल्लाह नै नगरी आफ्नी पत्नी आरजु राणा देउवाको ब्यापारिक साझेदारसमेत रहेका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको छ । माओवादीको मुख्य दावी रहेको स्वास्थ्य मन्त्रालयमा प्रधानमन्त्री देउवाले आफ्नो मान्छे नियुक्त गरेपछि चिढिएका प्रचण्डले देउवा बिरोधीलाई एक बनाएर घेराउ गर्ने योजनासहित पौडेललाई आफ्नो निवास बोलाएको हल्ला चलेको छ ।
श्रेष्ठको नियुक्तिलाई लिएर पौडेलले सार्वजनिक रुपमै आपत्तिजनाएका छन् भने प्रचण्डले पनि प्रधानमन्त्रीको बदमासी भन्ने टिप्पणी गरेका छन् । सरकार सञ्चालन कार्यदलका संयोजक एवं कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले पनि आफूलाई थाहै नदिइ राज्यमन्त्री नियुक्त गरेको बिषयमा सावर्जनिक रुपमै असन्तुष्टि व्यक्त गरेका छन् ।
स्रोतका अनुसार प्रचण्डसँगको भेटमा पौडेलले प्रधानमन्त्रीले एकलौटी रुपमा मन्त्री छनौट गर्दा पार्टीको आन्तरिक सन्तुलन खलबलिने भएकोले यसलाई रोकिदिन र देउवामाथि दवाव दिन माग गरेका छन् । पौडेलको मागलाई प्रचण्डले मुस्कुराउँदै स्वीकार गरेको र बिगतमा जस्तै खुमलटार बसेर बालुवाटारबिरुद्ध अभियान चलाउने सन्देश दिएका छन्।@onlinemarga
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस