• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

दुई मात्रा खोप लगाएकाले मास्क लगाउनु पर्ला की नपर्ला ?

July 26, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
दुई मात्रा खोप लगाएकाले मास्क लगाउनु पर्ला की नपर्ला ?


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

साउन, काठमाडौँ । यति बेला विश्वभरि कोरोनाभाइरसका विभिन्न प्रकारहरू फैलिरहेका छन्। त्यसमा पनि सबैभन्दा बढी सङ्क्रामक भनिएको डेल्टा प्लस भेरिअन्ट नेपालमा फैलिरहेको छ।
डेल्टा प्लस भेरियन्ट अन्य भेरियन्ट भन्दा झन्डै ५० देखि ६० प्रतिशत बढी संक्रामक देखिएको छ।
यस्तो सङ्क्रमणशीलता धेरै भएको भेरिअन्ट थोरै भुलचुक हुँदा समेत सर्न सक्ने भएकाले मास्क नलगाई हिँडडुल गर्न सकिने अवस्था नरहेको विज्ञहरूको मत छ।

विभिन्न समयमा भेरिअन्टको स्वरूप परिवर्तन भइरहेका छन्। त्यसैका आधारमा यस्ता मास्कसम्बन्धी गाइडलाइन फेरिरहेका छन्।

खोपले के गर्छ भन्ने स्पष्ट छ। दुई मात्रा लगाएका मानिसलाई खोपले थेग्छ। संक्रमण भइहालेको खण्डमा पनि सिकिस्त हुनबाट जोगाउँछ।

सबैलाई खोप उपलब्ध गराउन सक्ने सरकारको क्षमता भए पनि कतिपय बिरामीको विभिन्न कारणवश खोप लगाउन नमिल्ने हुन सक्छ। त्यस्तै रोग प्रतिरोधी क्षमता कम भएकाले खोप लगाए पनि खोपले काम नगर्ने हुन्छ। उनीहरूलाई जोगाउन अरूले मास्क लगाउनै पर्ने हुन्छ। समाजमा त्यस्ता भल्नरेबल (जोखिममा रहेका) जनसङ्ख्या सधैँ भइरहेको हुन्छ।

खोप लगाएकाले पनि मास्क अनिवार्य

नेपालमा आइतबारसम्म १३ लाख ९८ हजार १७८ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । प्रतिशतको हिसाबको पूर्ण खोप लगाउने दर ५‌.९८ प्रतिशत हो ।

‘समुदायमा ठूलो अनुपातमा खोप लगाएको क्षेत्रमा मास्क नलगाउने कल्पना गर्न सकिन्छ। तर हाम्रो चाहिँ समुदायमा खोप लगाउने मानिस यति कम छन् कि हामीले अहिले नै मास्क लगाउनुपर्ने सम्भावना चाहिँ खोपकै कारणले त्यो सम्भावना भन्दा धेरै पर छौँ,’ संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले भने।

नेपालमा लगाइएका खोपहरूको प्रभावकारिता कति छ र तिनले कति एन्टिबडी बनाए भन्ने कुरा हेर्न सकिने अवस्था नरहँदा नेपालमा ढुक्कसँग मास्क नलगाउन सिफारिस गर्न नसकिने इपिडियोमोलजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) पूर्व निर्देशक डा. वासुदेव पाण्डे बताउँछन्।

‘हुन त हाम्रा अस्पतालहरूमा आएका बिरामीहरू हेर्दा जसले खोप लगायो तिनमा सके त सङ्क्रमण नै कम भयो, सङ्क्रमण भएकै भए पनि गम्भीर नभएको भन्ने हाम्रो प्रारम्भिक ठम्याइ छ। हाम्रोमा लगाइएको खोपको प्रभावकारिता हामीले हेर्छौ र त्यसले कति एन्टिबडी बनायो हेरेर पर्याप्त एन्टिबडी छ न्यूट्रलाइजेशन गर्न सक्छ, भाइरस छिरे पनि एन्टिबडीले काम गर्न सक्छ भन्न सक्थ्यौँ। त्यस्तो अध्ययन गर्न नसक्ने र अरू देशकै भर पर्नुपर्ने हुँदा हामीले त्यो रिस्क लिन सक्दैनौँ,’ पाण्डेले भने।

ईडीसीडीका अर्का पूर्वप्रमुख बाबुराम मरासिनीका अनुसार प्रयोगात्मक हिसाबले आएका खोपहरूले कति समय काम गर्छन भन्ने कुरा ठ्याक्कै निर्क्योल भई नसकेको अवस्थामा एक पटक मास्क खोलिसकेपछि सर्वसाधारणहरूलाई पुनः मास्क लगाउनुपर्ने रहेछ भन्न गाह्रो हुने तर्क गर्छन्।

‘दुवै खोप लगाइएकालाई पनि फाट्टफुट्ट सङ्क्रमण हुने तर धेरै अप्ठेरो सङ्क्रमण नहुने भन्ने कुरा आइरहेको छ। त्यस कारण मास्क लगाइराख्नु नै उचित हुन्छ,’ मरासिनीले भने।

जबसम्म खोपले कति काम गर्छ भन्ने दुई–तीन वर्षको अनुभव हुँदैन तबसम्म मास्क खोल्ने कुराबारे सोच्न नहुने आफ्नो व्यक्तिगत धारणा रहेको उनले बताए।

कोरोनाका स्वरुपहरू परिवर्तन हुँदा दुवै मात्रा खोप लगाएका मानिसमा संक्रमण सरिरहेको छ।
त्यसकारण मास्कको जरुरत हरपल जरूरत पर्ने चिकित्सक बताउँछन्।

बाट थप

  • देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेतदेउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दरराष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर
  • ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्युढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
  • देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावनादेशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑