• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Wed, 12, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

अस्ट्रेलियाको एकतर्फी हवाई भाडा १२ लाख !

July 26, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
अस्ट्रेलियाको एकतर्फी हवाई भाडा १२ लाख !


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

साउन, काठमाडौँ । नेपाली विद्यार्थीको विशेष रोजाइमा रहेको अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नी जानुपर्ने भयो भने अहिले काठमाडौंबाट एकतर्फी हवाई भाडा कम्तीमा ११ लाख ९० हजार रुपैयाँ तिर्नुपर्छ । त्यो पनि साउनभर टिकट पाउन मुस्किल छ ।

यसको एउटै कारण हो, कोभिड संक्रमणका कारण अस्ट्रेलियाले लागू गरेको यात्रुको आगमन कोटा प्रणाली । यो भाडादर कोभिड महामारीअघिको दाँजोमा करिब ११ सय प्रतिशत बढी हो । ‘अस्ट्रेलिया जानुपर्ने टिकटका लागि मन्त्रीको सोर्सफोर्ससहितका फोन आइरहेका छन्,’ काठमाडौंस्थित कतार एयरवेजका एक कर्मचारीले भने, ‘टिकट बुकिङ सिस्टममा सस्तो टिकट नै छैन । मध्य भदौसम्म पूरै प्याक भइसकेको छ ।’

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका महासचिव सुधीरकुमार उपाध्यायका अनुसार, कोरोना संक्रमण नियन्त्रण गर्न अस्ट्रेलियाले अहिले विश्वभरबाट प्रतिदिन ५ सय यात्रुलाई मात्रै प्रवेश गर्न दिने नियम बनाएको छ । त्यसमा पूर्वी एसियाली मुलुकका वायुसेवालाई सातामा कसैलाई एक, कसैलाई दुइटा मात्रै उडान अनुमति दिएको छ । त्यसमा पनि एउटा जहाजमा ३० जनाभन्दा बढी यात्रु बोक्न पाइँदैन ।

‘३ सय ९६ यात्रु क्षमता भएको बोइङ ७७७ विमानमा एकतर्फी ३० जना यात्रु मात्रै लैजान पाउने नियमका कारण हवाई भाडा १० हजार डलर (१२ लाख रुपैयाँ हाराहारी) पुगेको हो,’ कतार एयरवेजका ती कर्मचारीले भने, ‘३ हजार डलरबाट सुरु हुने सस्तो भाडाका टिकट पनि खुला गरिएका थिए । तर अगस्ट (भदौ १५) सम्मका सस्तो फेयरका टिकट बिक्री भइसकेकाले अहिले अधिकतम मूल्य (१० हजार डलर) का टिकट मात्रै केही बाँकी छन् । त्यो पनि सेप्टेम्बर (असोज) पछि मात्रै ।’ कोरोनाअघि अस्ट्रेलिया जान ५५ हजारदेखि ९० हजार रुपैयाँसम्ममा टिकट पाइन्थ्यो ।

महँगोमा टिकट किने पनि नेपाली विद्यार्थी वा पर्यटक भिसाबाहकले सजिलै अस्ट्रेलिया जान पाउँदैनन्, त्यहाँको नागरिक वा पीआरवाहक हुनुपर्छ । त्यसमाथि पनि यात्रु ४० घण्टामा मात्रै सिड्नी पुग्छन् । काठमाडौंबाट ४ घण्टा हाराहारीमा दोहा पुगेपछि त्यहाँ करिब २० घण्टा ट्रान्जिटमा बस्नुपर्छ । त्यहाँबाट १४ घण्टा लामो यात्रा गर्नुपर्छ । यतिका झन्झटपछि आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टाइन अनिवार्य गरिएको छ ।

अस्ट्रेलिया जानैपर्ने भए एक मात्र विकल्पका रूपमा दोहा रुट खुला रहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष अच्युत गुरागार्इं बताउँछन् । छोटो र सस्तो रुटमध्येको मलेसियाको रुट अझै खुलेको छैन । चीन हुँदै ओहोरदोहोर हुने नेपाल–अस्ट्रेलिया रुट पनि पहिलो लकडाउनयता खुल्न सकेको छैन । नेपालीका लागि सस्तो र नजिक पर्ने रुट सिंगापुरको पनि हो । आइतबारयता सिंगापुर एयरलाइन्सले काठमाडौंमा सीधा उडान खुलाएको छ । सातामा एक दिन हुने उक्त उडानमा नेपालमा यात्रु ल्याउन खुला छ । तर सिंगापुर सरकारले काठमाडौंबाट यात्रु लैजान रोकेको छ । २० वर्षपछि पुनः नेपाल उडान थालेको सिंगापुर एयरलाइन्समा अहिले अस्ट्रेलिया, कोरिया, थाइल्यान्ड, चीनलगायत मुलुकमा कोरोनाका कारण अलपत्र नेपाली यात्रु फर्किरहेको सिंगापुर एयरलाइन्सका सेल्स म्यानेजर सुधीर पाण्डेले जानकारी दिए ।

अस्ट्रेलियाजस्तै जापानले पनि यात्रुको संख्याको कोटा निर्धारण गरेको छ । त्यसैले अहिले नेपाल वायुसेवा निगमले ५५ हजारदेखि ८० हजार रुपैयाँमा दुईतर्फी टिकट बिक्री गर्ने जापानको भाडादर एकतर्फी नै साढे ४ लाखभन्दा बढी पुगेको छ । ६० जनाभन्दा बढी यात्रु लैजान नपाइने भएपछि निगमले मध्य भदौसम्मका लागि जापानको नारिता उडान स्थगन गरेको त्यहाँका एक अधिकारीले कान्तिपुरलाई बताए । ‘यताबाट ६० जना मात्रै लैजानुपर्ने भएकाले भाडा दर ३ लाख रुपैयाँ तोक्नुपर्छ । फेरि उताबाट यता (काठमाडौं) फर्किने यात्रु पनि कम भएकाले उडान स्थगन गरेका हौं,’ ती अधिकारीले भने, ‘घाटामा उडाउनुभन्दा उडान नै रोकेका हौं । तर दुईतर्फी नाफा हुने बुकिङ भए कुनै पनि बेला खुलाउँछौं ।’

कोरोना संक्रमणका कारण अहिले नेपालबाट इस्तानबुल, दुबई, दोहा, दमाम, कुबेत, मस्कट, सारजाहाँ, आबुदाबी र मलेसियामा सीमित उडान भइरहेका छन् । नियमित उडान नभएका गन्तव्यमा भुटान, बैंकक, बंगलादेश, ल्हासा, ग्वाङझाउ, कुनमिङ, छेन्दु, सिचुवान, मुम्बई, बैंग्लोर, हङकङलगायत छन् ।@Kantipur

 

बाट थप

  • कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थितिकुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति
  • इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइतेइच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते
  • यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कमयस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम
  • आज मिति २०८२ साल कार्तिक २६ गते बुधबारआज मिति २०८२ साल कार्तिक २६ गते बुधबार
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    समाचार
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑