साउन, चितवन। चितवनको भरतपुरमा टाउकोमा गोली लागेका युवकको पहिचान खुलेको छ । मृतअवस्थामा भेटिएका ति पुरुष धादिङ निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत ३६ बर्षिय भरत गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज विहान भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा टाउकोमा गोली लागेका उनी मृतावस्थामा भेटिएका थिए । उनको टाउकोमा गोली लागेको घटनास्थल नजिकै रगत र गोलीको खोकासमेत भेटिएको छ । बिहान बाटोमा हिड्नेहरुले घटना थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए ।
शवको अहिले मुचुल्का उठाई पोष्ट मार्टमको लागी भरतपुर अस्पताल ल्याईएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस