साउन, काठमाडौँ । कोरोना का कारण कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन ३१ गतेबाट हुन सञ्चालन हुने भएको छ । सीसीएमसीले अनुमति दिए लगतै बोर्डको आज बसेको वैठकले विद्यार्थीको भौतिक उपस्थितिमा साउनको ३१ गते देखि भदौको ९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसअघि बोर्डले साउनको २२ गतेबाट विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालनका लागि सीसीएमसीसँग अनुमति मागेको थियो ।
त्यसैगरी कोभिड १९ का कारण अघिल्लो वर्ष ४० पूर्णाङ्कको परीक्षा लिइएकोमा यो वर्ष एक सय पूर्णाङ्ककै परीक्षा सञ्चालन गर्ने भएको छ । विहान १०ः ४५ बाट सुरु हुने र कक्षा १२ का विद्यार्थीले तीन घण्टाकै परीक्षा दिनुपर्नेछ । कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी उच्च शिक्षामा प्रवेश गर्ने र विदेशी विश्वविद्यालयमा अध्ययनका लागि समेत जाने हुँदा गुणस्तरमा कमी गर्न नहुने भन्दै लिखित परीक्षा नै लिने बोर्डले निर्णय गरेको हो ।
परीक्षामा ‘होमसेन्टर’ नै कायम गरीएको र ४ हजार १ सय ५ परीक्षा परीक्षा केन्द्र थप गरी बोर्डले जवनाएको छ । कोरोना सङ्क्रमण अझै कायमै रहेको अवस्थामा विद्यार्थीलाई सामाजिक दूरी कायम गराउने तथा स्वास्थ्य मापदण्डको समेत पालना गरेर परीक्षा सञ्चालन गरिने छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस