• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

युरोकप फाइनल एउटै टिकटको मूल्य कतिहोला?

July 11, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
युरोकप फाइनल एउटै टिकटको मूल्य कतिहोला?

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

वेम्बली रंगशालामा आइतबार मध्यराति इंग्ल्यान्ड र इटालीबीच युरोकप २०२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्त हुँदै छ । इंग्ल्यान्ड सन् १९६६ पछि पहिलोपटक मेजर फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो । इटाली पनि सन् १९६८ पछि दोस्रोपटक युरोकप ट्रफी उचाल्ने तयारीमा छ । जुन टोलीले उपाधि जिते पनि नयाँ इतिहास रच्नेछन् ।

इटालीको तुलनामा इंग्ल्यान्डका समर्थक पागलझैँ देखिन्छन् । ५५ वर्षपछि उपाधि जित्ने अभियानमा रहेको इंग्ल्यान्डको टोलीलाई रंगशालामै समर्थन गर्न उनीहरू जुनसुकै मूल्य चुकाउन लागिपरेका छन् । यसको एउटा उदाहरण हो, एकजना इंग्लिस समर्थकले फाइनल खेलको एउटा टिकट ५४ हजार पाउन्ड तिरेर किनेका छन् । यद्यपि, वेम्बली रंगशालामा हुने फाइनल खेलका सबै टिकट औपचारिक रूपमा गत साता नै बिक्री भइसकेको आयोजक युइएफएले जनाएको थियो ।

फाइनल खेलको टिकट ‘सोल्ड आउट’ भए पनि ती दर्शकले ‘ब्ल्याक’मा ५४ हजार पाउन्ड खर्चेर वेम्बली रंगशालामा सिट सुरक्षित गरेका हुन् । वेम्बली रंगशालामै डेनमार्कमाथि २–१ को जित निकालेपछि इंग्लिस समर्थक फाइनल पनि हेर्न निकै उत्साहित बनेका छन् । अघिल्लो साता नै टिकट ‘सोल्ड आउट’ भइसक्दा पनि इंग्लिस समर्थकहरू युइएफएको आधिकारिक वेबसाइटमा टिकट खोज्न बारम्बार चेक गरिरहेका छन् । अक्सर मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलअघि नै टिकट ‘सोल्ड आउट’ भइसक्छ ।

यस्तो प्रतियोगिताको एउटा नराम्रो पक्ष भनेको ‘ब्ल्याक’मा टिकट बिक्री हुनु हो । धेरैजसो टिकट किनेका व्यक्तिले ‘ब्ल्याक’मा बेच्ने गर्छन् । जो खेलप्रति पागलजस्तै हुन्छन्, त्यस्ता समर्थकले टिकटका लागि जति मूल्य पनि तिर्ने गरेको उदाहरण छन् । यस्तै, बेलायती मिडियाहरूले टिकोम्बो वेबसाइटमा एक समर्थकले ५४ हजार पाउन्डमा फाइनलको टिकट किनेको खुलाएका हुन् । यही वेबसाइटमा एक सय ८० वटा टिकट बिक्रीमा समेत राखिएको छ । टिकटको सुरु मूल्य नै ४३ हजार पाउन्ड छ । बेलायतकै एक अर्को वेबसाइटले लाइभ फुटबल टिकट नामबाट केही दिनअघि प्रतिटिकट ११ हजार पाउन्डमा बिक्री गरेको थियो । यसैगरी, अर्का एक समर्थकले पनि ३२ हजार पाउन्डमा फाइनलको टिकट लिएको उल्लेख छ ।

युइएफएले फाइनलको टिकट मूल्य तीन हजारदेखि पाँच हजार पाउन्ड तोकेको थियो । युइएफएले पनि युरोकप फाइनलको टिकट ‘ब्ल्याक’मा बिक्री भइरहेको जानकारी पाएको जनाएको छ । यसबारे अनुसन्धान थालेको उसको भनाइ छ । हाई प्रोफाइलहरूले हजारौँ पाउन्डमा टिकट बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । युइएफएले चर्को मूल्यमा बिक्री भएका टिकट ‘फेक’ हुन सक्ने दाबी पनि गरेको छ । नक्कली टिकट लिएर वेम्बली रंशगालामा प्रवेश नगर्न युइएफएले आग्रह गरेको छ । यद्यपि, ब्ल्याक मार्केटबाट टिकट पाए पनि वेम्बली रंगशालाभित्र प्रवेश गर्न भने सहज छैन । रंगशालामा सक्कली र नक्कली टिकट पहिचान गर्न मेसिन राखिएको छ । त्यहाँ स्क्यान रिपोर्टअनुसार मात्रै समर्थक रंगशालाभित्र प्रवेश गर्न पाउँछन् ।

बाट थप

  • आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
  • आज डलर, दिराम र रियालको मूल्य कति छ आज डलर, दिराम र रियालको मूल्य कति छ
  • आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, डलर १४४ रुपैयाँ नजिक आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, डलर १४४ रुपैयाँ नजिक
  • अमेरिकी डलरको भाउ स्थिर अमेरिकी डलरको भाउ स्थिर
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑