असार, चितवन । भरतपुर, नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका गैँडाकोट–२ का १६ वर्षीय प्रशान्त घिमिरेको शव भरतपुर महानगरपालिका – २६ हिरापुरस्थित नारायणी नदीकिनारमा फेला परेको चितवन प्रहरीले जनाएको छ ।
भरतपुर–१, ठिमुरास्थित हजुरआमाको घरमा गएको बेला उनी सहित चारजना साथीसँग पौडी खेल्नेक्रममा प्रशान्त घिमिरे बेपत्ता भएका थिए । प्रशान्त घिमिरेका मामा हरि दाहालका अनुसार प्रशान्त असार २३ गते बुधबारदेखि बेपत्ता भएका थिए ।
आइतबार बिहान शव फेला परेपछि घटनास्थलमा पुगेका प्रहरी टोलीले मुचुल्का तयार पारी पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस