
असार, चितवन । मुग्लिन नारायणगढ सडकखण्डको १४ किलोमा खसेको ढुङ्गा फुटाइएको छ । ढुङ्गा फुटेपछि त्यस ठाउँमा अहिले सवारी आवागमन सहज भएको छ ।
असार १९ गतेबाट फुटाउन थालिएको ढुङ्गा २५ गतेसम्म ‘झन्डै ४० घन्टा लगाएर आधाजति फुटाएपछि ढुङ्गा हल्लियो अनि धकेलेर त्रिशुलीमा फालियो,। त्रिशुलीमा धकेलेर फाल्नका लागि दुईवटा ठूला मेशिनको प्रयोग भएको थियो ।
आकारको हिसाबले ३४ घनमिटर र तौलको हिसाबले ८२ टन अनुमान गरिएको यस ढुङ्गा पहिरोसँगै खसेर राजमार्गको बीच भागमा खसेर बसेको थियो । राजमार्ग बीच भागमा भयकंर ठूलो ढुङ्गा झरेपछि फोटो र भिडियोले टिकटक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा पाएको थियो । ढुङ्गा खस्दा भने कुनै पनि मानवीय एवम् भौतिक क्षति भने भयको थियन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस