
असार, चितवन । चितवनमा शनिबार ३७ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य कार्यालय चितवनका अनुसार शनिबार ३७ जना संक्रमणमुक्त भएपछि जिल्लामा कुल संक्रमणमुक्त हुनेको संख्या १५ हजार ५७४ पुगेको छ। जिल्लाको समग्र तथ्यांक हेर्दा १७ हजार ३१७ जना संक्रमित बन्दा २९३ ले ज्यान गुमाएका छन् भने बाँकी एक हजार ४५० जना भने उपचाररत रहेका स्वास्थ्य चितवन जनस्वास्थ्य कार्यालयले जनायको छ ।
१११ जना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा चितवन जिल्लामा १११ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार भरतपुर महानगरपालिकामा ८३ जना, खैरहनीमा ६, माडीमा पाँच, रत्ननगरमा ६, राप्तीमा दुई, कालिकामा आठ र इच्छाकामना गाउँपालिकामा एक जना नयाँ संक्रमित थपिएका हुन्।
दुईको मृत्यु
पछिल्लो २४ घण्टामा चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। दुवै जना भरतपुर अस्पतालमा उपचाररत थिए।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस