असार, चितवन । नारायणगढ – मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको हो । रातीको समयमा थप क्षति हुनबाट रोक्न सवारी आवगमन रोक लगाएकोमा पहिरो पन्छाएर विहान ५ : ३० बजेबाट एकतर्फी बाटो सुचारु गरिएको थियो । विहान ११ : १५ बाट भने जेसीबी प्रयोग गरि पहिरो पञ्छाई दुईतर्फी सडक सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । एक साताभन्दा बढी समयदेखि सो ठाउँमा पटक–पटक पहिरो खसेर दुःख दिइरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस