• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चल्दैनन् गाडी : स्ट्रेचरले जोगिएको जीवन

July 7, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
चल्दैनन् गाडी : स्ट्रेचरले जोगिएको जीवन

यही असार १६ गते बारेकोट–५ की स्वयंसेविका कृष्ण शाहीको मोटरसाइकल दुर्घटना परी मृत्यु भयो ।

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

वर्षे झरीदेखि हिउँदयामसम्म स्ट्रेचरकै भरमा जाजरकोटका अधिकांश बिरामीको ज्यान उद्धार हुने गरेको छ । वडापालिकासम्म अस्थायी सडकको पहुँच पुगे पनि छोइनसक्नु चर्को भाडा र यातायातका साधन सञ्चालन हुन मुस्किल सडकका कारण स्ट्रेचरकै भरमा बिरामीको उद्धार हुँदै आएको हो । अधिकांश पालिकाले एम्बुलेन्स सेवा शुरु गरे पनि एम्बुलेन्सको भाडा तिर्न नसक्दा सर्वसाधारण स्ट्रेचरकै भरमा घण्ट हिँडेर बिरामीलाई अस्पताल पु¥याउन बाध्य छन् ।

व्यक्तिगत स्वार्थका साथै भूगोलको अध्ययनबिना निर्माण गरिएका सडकले मानवलाई सहजताभन्दा पीडा बढी दिएको सर्वसाधारण बताउँछन् । डोजर चलाउने चालक नै इञ्जीनियर भएर सडक खन्दा बाढी, पहिराका कारण दर्जनौँ बस्ती जोखिममा पर्नुका साथै बिरामी बोक्ने बाटोसमेत वर्षायाममा भत्किएको छ ।

जाजरकोट सदरमुकामबाट कुशे जाने सडकमा हिउँदयाममा मात्र बोलेरो जीप सञ्चालन हुने गर्दछ । त्यस्तै अन्य पालिकामा समेत बोलेरो जीप मुकामसम्म धौधौ पुग्ने गरेको छ । गाउँभरि सडक खनिएको छ तर यातायातका साधन चल्दैनन् । मानिस हिँड्नका लागिसमेत बाटो भत्किएको बारेकोट गाउँपालिका–६ का मनबहादुर महताराले बताउनुभयो ।

यही असार १६ गते बारेकोट–५ की स्वयंसेविका कृष्ण शाहीको मोटरसाइकल दुर्घटना परी मृत्यु भयो । मोटरसाइकलसमेत राम्रोसँग सञ्चालन नहुने सडक भएकै कारण उहाँ दुर्घटनामा परेको परिवारले बताएको छ । दुर्घटनामा परी घाइते हुनुभएकी शाहीलाई तत्काल लिम्सास्थित अस्पतालमा पु¥याइयो तर उपचार हुँदाहुदै उहाँको ज्यान गयो । मृतकको शव लिनका लागि लिम्सा अस्पतालमा स्ट्रेचर नै नहुँदा समस्या भोग्नुपरेको मृतककी छोरी तथा भेरी खबर मिडियाका अध्यक्ष नन्दा शाहीले बताउनुभयो । “समस्या परेको बेला गाडीको कुरा त के, स्ट्रेचर नै पाउनु गाउँमा राहत हो तर त्यही पाइँदैन”, शाहीले भन्नुभयो ।

“रु एक हजार खर्च हुने ठाउँमा रु पाँच हजार खर्च गरिदिन्छन्, त्यसमा पनि सेवा प्रभावकारी हुँदैन । त्यसैले पीडित बन्नुपरेको छ”, कुशे गाउँपालिकाका प्रकाशमान सिंहले भन्नुभयो । गाउँमा सबै थोक निर्माण भइसक्यो भन्ने छ तर नागरिकले कुनै पनि अनुभूति नगरेको सिंहले बताउनुभयो । कुशे गाउँपालिकाबाट अधिकांश बिरामीको उपचार गर्नका लागि स्ट्रेचरर डोकोको प्रयोग गरिँदै आएको छ ।

सञ्चार सेवाबाट समेत वञ्चित रहेको कुशेमा स्वास्थ्य संस्थामा अहिलेसम्म मेडिकल अधिकृतले पाइला टेकेका छैनन् । हुनेखाने र पहुँचमा भएका व्यक्तिबाहेक अन्य सर्वसाधारणले उपचार नपाउँदा पीडाको भारी बोकेर बाँच्न बाध्य भएको बताएका छन् । सबैभन्दा दुर्गम पालिका जुनिचाँदेमा समेत मेडिकल अधिकृत गाउँपालिकाले करारमा भर्ना गरेर उपचार शुरु गरेको छ ।

अन्य अधिकांश पालिकामा मेडिकल अधिकृत करारमा भर्ना गरेर स्वास्थ्य सेवा गाउँमै दिने प्रयास गरे पनि कुशेमा अहिलेसम्म त्यो हुनसकेको छैन । त्यहाँ सर्वसाधारण बिरामी हुँदा स्ट्रेचरमा राखेर सदरमुकाम ल्याउनुपर्ने बाध्यता छ ।

अधिकांश कर्मचारी तथा स्वास्थ्यकर्मीको मुख्य रोजाइ अहिले भेरी नगरपालिका र नलगाड नगरपालिका नै हुने गरेको छ । ग्रामीण क्षेत्रमा स्ट्रेचर पाउनु भनेको सर्वसाधारणका लागि ठूलो राहत पाएझैँ हुँदै आएको छ । ‘थोरै सडक निर्माण गर तर १२ महिना यातायातका साधन सञ्चालन हुने निर्माण गर’ भन्ने आम नागरिकको माग कहिले पनि लागू नभएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा पर्याप्त उपकारण नहुँदा बिरामीको हात छामेर उपचार गर्नुपरेको स्वास्थ्यकर्मीको गुनासो रहँदै आएको छ । “सर्वसाधारण बिरामी हुँदा सबै सेवा एकै ठाउँबाट पाइयोस् भन्ने चाहना हुन्छ तर हाम्रोमा ज्वरो नाप्ने थर्मोमिटर, उच्च रक्तचाप नाप्ने यन्त्रबाहेक अरु के नै छ र ?” एक स्वास्थ्यकर्मीले भन्नुभयो । फाइल तस्बिर

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑