• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चल्दैनन् गाडी : स्ट्रेचरले जोगिएको जीवन

२०७८ अषाढ २३, बुधबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
चल्दैनन् गाडी : स्ट्रेचरले जोगिएको जीवन

यही असार १६ गते बारेकोट–५ की स्वयंसेविका कृष्ण शाहीको मोटरसाइकल दुर्घटना परी मृत्यु भयो ।


Author
हेल्लो चितवन अन्लाईन्
(२ साल अघि)

वर्षे झरीदेखि हिउँदयामसम्म स्ट्रेचरकै भरमा जाजरकोटका अधिकांश बिरामीको ज्यान उद्धार हुने गरेको छ । वडापालिकासम्म अस्थायी सडकको पहुँच पुगे पनि छोइनसक्नु चर्को भाडा र यातायातका साधन सञ्चालन हुन मुस्किल सडकका कारण स्ट्रेचरकै भरमा बिरामीको उद्धार हुँदै आएको हो । अधिकांश पालिकाले एम्बुलेन्स सेवा शुरु गरे पनि एम्बुलेन्सको भाडा तिर्न नसक्दा सर्वसाधारण स्ट्रेचरकै भरमा घण्ट हिँडेर बिरामीलाई अस्पताल पु¥याउन बाध्य छन् ।

व्यक्तिगत स्वार्थका साथै भूगोलको अध्ययनबिना निर्माण गरिएका सडकले मानवलाई सहजताभन्दा पीडा बढी दिएको सर्वसाधारण बताउँछन् । डोजर चलाउने चालक नै इञ्जीनियर भएर सडक खन्दा बाढी, पहिराका कारण दर्जनौँ बस्ती जोखिममा पर्नुका साथै बिरामी बोक्ने बाटोसमेत वर्षायाममा भत्किएको छ ।

जाजरकोट सदरमुकामबाट कुशे जाने सडकमा हिउँदयाममा मात्र बोलेरो जीप सञ्चालन हुने गर्दछ । त्यस्तै अन्य पालिकामा समेत बोलेरो जीप मुकामसम्म धौधौ पुग्ने गरेको छ । गाउँभरि सडक खनिएको छ तर यातायातका साधन चल्दैनन् । मानिस हिँड्नका लागिसमेत बाटो भत्किएको बारेकोट गाउँपालिका–६ का मनबहादुर महताराले बताउनुभयो ।

यही असार १६ गते बारेकोट–५ की स्वयंसेविका कृष्ण शाहीको मोटरसाइकल दुर्घटना परी मृत्यु भयो । मोटरसाइकलसमेत राम्रोसँग सञ्चालन नहुने सडक भएकै कारण उहाँ दुर्घटनामा परेको परिवारले बताएको छ । दुर्घटनामा परी घाइते हुनुभएकी शाहीलाई तत्काल लिम्सास्थित अस्पतालमा पु¥याइयो तर उपचार हुँदाहुदै उहाँको ज्यान गयो । मृतकको शव लिनका लागि लिम्सा अस्पतालमा स्ट्रेचर नै नहुँदा समस्या भोग्नुपरेको मृतककी छोरी तथा भेरी खबर मिडियाका अध्यक्ष नन्दा शाहीले बताउनुभयो । “समस्या परेको बेला गाडीको कुरा त के, स्ट्रेचर नै पाउनु गाउँमा राहत हो तर त्यही पाइँदैन”, शाहीले भन्नुभयो ।

“रु एक हजार खर्च हुने ठाउँमा रु पाँच हजार खर्च गरिदिन्छन्, त्यसमा पनि सेवा प्रभावकारी हुँदैन । त्यसैले पीडित बन्नुपरेको छ”, कुशे गाउँपालिकाका प्रकाशमान सिंहले भन्नुभयो । गाउँमा सबै थोक निर्माण भइसक्यो भन्ने छ तर नागरिकले कुनै पनि अनुभूति नगरेको सिंहले बताउनुभयो । कुशे गाउँपालिकाबाट अधिकांश बिरामीको उपचार गर्नका लागि स्ट्रेचरर डोकोको प्रयोग गरिँदै आएको छ ।

सञ्चार सेवाबाट समेत वञ्चित रहेको कुशेमा स्वास्थ्य संस्थामा अहिलेसम्म मेडिकल अधिकृतले पाइला टेकेका छैनन् । हुनेखाने र पहुँचमा भएका व्यक्तिबाहेक अन्य सर्वसाधारणले उपचार नपाउँदा पीडाको भारी बोकेर बाँच्न बाध्य भएको बताएका छन् । सबैभन्दा दुर्गम पालिका जुनिचाँदेमा समेत मेडिकल अधिकृत गाउँपालिकाले करारमा भर्ना गरेर उपचार शुरु गरेको छ ।

अन्य अधिकांश पालिकामा मेडिकल अधिकृत करारमा भर्ना गरेर स्वास्थ्य सेवा गाउँमै दिने प्रयास गरे पनि कुशेमा अहिलेसम्म त्यो हुनसकेको छैन । त्यहाँ सर्वसाधारण बिरामी हुँदा स्ट्रेचरमा राखेर सदरमुकाम ल्याउनुपर्ने बाध्यता छ ।

अधिकांश कर्मचारी तथा स्वास्थ्यकर्मीको मुख्य रोजाइ अहिले भेरी नगरपालिका र नलगाड नगरपालिका नै हुने गरेको छ । ग्रामीण क्षेत्रमा स्ट्रेचर पाउनु भनेको सर्वसाधारणका लागि ठूलो राहत पाएझैँ हुँदै आएको छ । ‘थोरै सडक निर्माण गर तर १२ महिना यातायातका साधन सञ्चालन हुने निर्माण गर’ भन्ने आम नागरिकको माग कहिले पनि लागू नभएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा पर्याप्त उपकारण नहुँदा बिरामीको हात छामेर उपचार गर्नुपरेको स्वास्थ्यकर्मीको गुनासो रहँदै आएको छ । “सर्वसाधारण बिरामी हुँदा सबै सेवा एकै ठाउँबाट पाइयोस् भन्ने चाहना हुन्छ तर हाम्रोमा ज्वरो नाप्ने थर्मोमिटर, उच्च रक्तचाप नाप्ने यन्त्रबाहेक अरु के नै छ र ?” एक स्वास्थ्यकर्मीले भन्नुभयो । फाइल तस्बिर

बाट थप

  • अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुनेपेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने
  • चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापनचाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन
  • अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योटअख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    जुत्ता चप्पल दशैं महोत्सवमा ५० प्रतिशत सम्म छुट, उपभोक्ता आकर्षित

    जुत्ता चप्पल दशैं महोत्सवमा ५० प्रतिशत सम्म छुट, उपभोक्ता आकर्षित

    सरसफाइमा महानगरकै नमुना वडा बन्दै भरतपुर–२३

    सरसफाइमा महानगरकै नमुना वडा बन्दै भरतपुर–२३

    यौन दुर्व्यवहारको कारबाही सिफारिस भएपछि एसएसपीले दिए राजीनामा

    यौन दुर्व्यवहारको कारबाही सिफारिस भएपछि एसएसपीले दिए राजीनामा

    आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव

    आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    देशले आत्मविश्वास गुमाएको छ: महामन्त्री थापा

    देशले आत्मविश्वास गुमाएको छ: महामन्त्री थापा

    जेष्ठ नागरिकको अधिकारी रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री जोशी

    जेष्ठ नागरिकको अधिकारी रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री जोशी

    पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

    पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    समाचार
    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑