जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको थियाे ।
चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं पठाएको छ ।
याे पनि…..
सुजिता भण्डारी घटना छानबिनको माग गर्दै : राजमार्ग अवरुद्ध, प्रहरीविरुद्ध नारावाजी
त्रिवि शिक्षण अस्पतालमा शव परिक्षण भइरहेको छ । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो ।
चितवनका एसपी ओम अधिकारीले विज्ञ चिकित्सकको समुहले पोष्टमार्टम गरिरहेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म कुनै क्लू फेला परेको छैन ।’
घरबाट हिँडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण खुल्न सकेको छैन। ब्यूरोबाट खटिएको टोली र चितवन प्रहरीले घटना अनुसन्धान गरिरहेका छन् । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहले बताए ।
‘पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ’ डीआईजी सिंहले भने, ‘विभिन्न कोणबाट अनुसन्धान जारी राखेका छौं ।’
असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदिलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस