भरतपुर । चितवनका सातै पालिकाहरुमा यही असार २२ र २३ गते कोरोना भाइरसविरुद्ध दिइने भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य कार्यालय चितवनले सूचना जारी गरी जेठ २५, २६ र २७ भेरोसेल नामको खोप लगाउनेहरुलाई असार २२ र २३ गते फेरि दोस्रो मात्रा लगाउन अनुरोध गरेको छ ।
पहिलो खोपको मात्रा लगाइएको स्वास्थ्य केन्द्रमा नै दोस्रो खोपको मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको दोस्रो मात्रा लगाउन परिचयपत्रका साथमा पहिलो खोप लगाइएको कार्ड अनिवार्य ल्याउनुपर्नेछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस